२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पूरा भएको अर्को सपना

रोरी स्मिथ

एमस्ट्राडम — एक मिनेट बाँकी थियो । सायद त्यो भन्दा पनि कम । अझ केही सेकेन्डभन्दा हुन्छ । अयाक्स युरोपेली च्याम्पियन्स लिग फाइनलबाट टाढा रहेको । तर किन हो, कसरी हो । अयाक्सका खेलाडीले आफूलाई सम्हाल्नै सकेनन् । अयाक्सको भविष्य छ र इतिहास पनि ।

पूरा भएको अर्को सपना

यसले पनि कहिलेकाहीं कामै नगर्ने रहेछ । अयाक्सले कति मीठोसँग आफ्नो अग्रता बुनेको थियो, त्यसलाई टोटेनहमसामु रक्षा गर्न सकेन ।


इन्ज्युरी समय ५ मिनेटको थियो । प्रत्येक सेकेन्ड यसअघिको सेकेन्डभन्दा लामो र सुस्त थियो । टोटेनहमसामु आक्रमणबाहेक अर्को विकल्प थिएन । अयाक्स भने रक्षात्मक । अयाक्स समर्थकको नजर जर्मन रेफ्री फ्लेक्स बेर्चमाथि थियो, जसले अयाक्स ३-२ ले अगाडि रहँदा खेलमा पूर्णविराम लगाउन सक्थे । अन्तिम क्ष्ाणतिर बल टोटेनहमकै क्षेत्रमा थियो । लागिरहेथ्यो, १० महिना लामो मिहिनेतले रंग देखाउने छ ।


प्रतीक्ष्ाा लगभग टुंगिनै लागेको छ । एक दशकभन्दा बढी भइसकेको छ, अयाक्सले आफूलाई पुनर्निर्माण गर्न थालेको । कति धेरै योजना र विचार पोखिए होला, त्यस क्रममा । अयाक्सले २३ वर्षअगाडि युरोपेली फाइनल खेलेको थियो र फेरि एकपल्ट त्यस्तै उपलब्धिको संघारमा थियो । लगभग नजिक । के एकपल्ट राम्रोसँग आँखा झिम्क्याउन पाएको थिएन, सबै उडेर गए । यो क्ष्ाण थियो, टोटेनहमको सपना पूरा भएको अवसर ।


स्थिति, अयाक्सको पोस्टभित्र बल पुगिसकेको थियो । लुकास मोउराले आफ्नो ह्याटि्रक पूरा गरेको अवसर थियो त्यो । उनले के गोल गरे, साथीहरूको खुसीको सीमा हेरिनसक्नु थियो । प्रशिक्षक, उनका सहयोगी र बेन्चका खेलाडी सबै मैदानमै पुगे, उनीहरू पनि आफूलाई सम्हाल्न सक्ने स्थितिमै थिएनन् । त्यसको ठीक विपरीत अयाक्सका खेलाडी मैदानमै ढले । उनीहरूको अनुहार घाँसमै लुकेको थियो किनभने त्यो अनुहार देखाउन सकिने खालको थिएन ।


रेफ्री बेर्चलाई पनि खेल टुंग्याउनु त थियो । त्यसैले उनी आफैं अयाक्सका खेलाडी उठाइरहेका थिए । तर त्यति बेला जति समय बाँकी थियो, त्यो अयाक्सका लागि फेरि खेलमा र्फकन पर्याप्त थिएन । बाँकी सययमा अर्को विकल्प तयार हुन सक्दैन थियो । यो खेलको अन्त्य यसरी हुन्छ भनेर कसैले सोचका थिएनन् । अयाक्सले पूरा सिजन बटुलेको खुसी र हाँसो, त्यसरी निर्दयी र पीडामय तरिकाले अन्त्य हुन्छ भने कसको मनमात्र रुन्न होला ?


यो खेलको अर्को कथा पनि त छ । यो हो टोटेनहमको । जनवरीमा उसले एउटै नयाँ खेलाडी अनुबन्ध गरेन । टिमले झन् झन् खराब खेल्न थालेको थियो । त्यति मात्र होइन, क्लबले आफ्नो सबैभन्दा राम्रो खेलाडीलाई पनि चोटका कारण गुमाइसकेको थियो । घरेलु पि्रमियर लिगमा फेब्रुअरीयता टिमको प्रदर्शन पतनतर्फ उन्मुख थियो । तर यही क्लबले अन्ततः युरोपेली च्याम्पियन्स लिगको दोस्राे सेमिफाइनलको दोस्राे लेग ३-२ ले जित्यो ।


यो समग्रमा ३-३ को बराबरी हो । टोटेनहमलाई 'अवे गोल' को लाभ प्राप्त भएको स्थिति हो । यससँगै टोटेनहम आफ्नो क्लब इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल पुगेको छ । जुन १ मा म्याडि्रडमा हुने फाइनलमा उसको सामना हुनेछ लिभरपुलसँग । दोस्राे लेगको खेलका नायक रहे तिनै मोउरा । उनी नै पूरा अभियानका वास्तविक नायक भने होइनन् । टोटेनहमले अहिलेसम्म तय गरेको यात्राको श्रेय कसैलाई दिनुपर्छ भने त्यो प्रशिक्षक माउरिसियो पोचेटिनोलाई हो ।


यी अर्जेन्टिनी प्रशिक्ष्ाकले अहिलेसम्म कुनै ठूलो उपाधि जितेका छैनन् । उनको नेतृत्वमा दुईपल्ट टोटेनहमले लिग होडमा आफूलाई उभ्यायो । दुवै अवसरमा टोटेनहममा केही न केही नपुगेको प्रस्ट देखियो । त्यसो त लिग कप नजितेको पनि होइन, तर पोचेटिनोकै भाषामा यो उपाधि जित्नुभन्दा च्याम्पियन्स लिगका लागि छनोट हुनु ठूलो हो । अहिले उनी आफ्नो प्रशिक्षणको करिअरमा सबैभन्दा ठूलो उपलब्धि नजिक पुगेका छन् ।


दोस्रो लेगका खेल अगाडि उनले भनेका पनि छन्, यदि टोटेनहम फाइनल पुग्छ र उपाधि जित्छ भने उनले क्लब छाड्ने छन् । यस्तो किनभन्दा त्यसयता उनीसँग त्यो भन्दा ठूलो चुनौती अर्को हुने छैन । त्यो भन्दा अग्लो शिखर चढ्ने अवसर हुन्न । खाली हुन्छ त प्रशिक्ष्ाक पद नै छाड्ने विकल्पमात्र । यहाँनिर फेरि अयाक्सको कथालाई पनि त्यसै छाड्नुहुन्न । उनीहरूले सेमिफाइनलसम्म तय गरेको यात्रा आफैंमा अनुपम छ । यसमा उत्तिकै गर्व गर्न सकिन्छ ।


विश्व क्लब फुटबल लोभीको खेल भनिन्छ । अयाक्सले मैदानमा उतारेका लगभग सबै खेलाडी उनीहरूका आफ्नै उत्पादन थियो । एकेडेमी फुटबलमा विश्वास गर्ने अयाक्सको प्रशंसा गर्नैपर्छ । फेरि उसले जसरी अन्तिम चारसम्म पुग्न कुन-कुन टिमलाई पन्छाएको थियो, त्यसले पनि त अर्थ राख्छ । उनको माथिल्लो दर्जाको खेल अगाडि ढल्ने एउटा टिम थियो रियल म्याडि्रड । त्यसपछि युभेन्ट्स । जहाँ टोटेनहमको सपना पूरा भयो । त्यहीं अयाक्सले भने माथ खायो ।


- न्युयोर्क टाइम्स

प्रकाशित : वैशाख २७, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?