कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चेन्नाइ आठौं पल्ट फाइनलमा

एएफपी

विसाखापटनम — फाफ डे प्लेसिस र सेन वाट्सनको अर्धशतकको मदतले चेन्नाइ सुपर किंग्सले शुक्रबार राति दिल्ली क्यापिटल्सलाई ६ विकेटले हरायो र कीर्तिमान आठौं पल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गर्‍यो । 

चेन्नाइ आठौं पल्ट फाइनलमा

जितका लागि १ सय ४८ रन पछ्याइरहेको चेन्नाइका लागि डे प्लेसिस र वाट्सनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे । दोस्रो क्वालिफायरमा चेन्नाइ जितसम्म पुग्दा एक ओभरका खेल बाँकी थियो ।


अब महेन्द्रसिंह धोनीको टिमले फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ । मुम्बईले पहिलो क्वालिफायरमा चेन्नाइलाई नै हराएको थियो । फाइनल आइतबार हैदरावादमा हुनेछ ।


सन् २००८ देखि सुरु भएको विश्वकै सर्वाधिक लोकप्रिय ट्वान्टी ट्वान्टी लिगमा मुम्बई र चेन्नाइ दुवैले सर्वाधिक तीन तीन पल्ट उपाधि जितेका छन् ।


डे प्लेसिसले ३९ बलमा ५० रन बनाए । वाट्सानले पनि ५० रनकै योगदान दिए । दक्षिण अफ्रिकी कप्तानले आईपीएलमा बनाएको यो १२ औं अर्धशतक हो । त्यसमा ७ चौका र १ छक्का सामेल थियो ।


यसअघि ड्वायन ब्राभाले १९ रनमा २ विकेट लिएर कसिकसाउ बलिङ गरेपछि दिल्ली ९ विकेटमा १ सय ४७ रनमा समेटिएको थियो । उसका लागि भारतीय वान डे विश्वकप टिममा नपरेका ऋषव पन्तले २५ बलमा ३८ रन बनाए ।

प्रकाशित : वैशाख २८, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?