कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आर्मीविरुद्ध चितवनको सान

रमेशकुमार पौडेल

चितवन — विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै घरेलु टोली चितवन-११ नारायणगढ क्याम्पाचौरमा जारी भरतपुर गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । शनिबार प्रतिस्पर्धात्मक खेलमा चितवनले आर्मीलाई सडनडेथका आधारमा हराएको हो । 

आर्मीविरुद्ध चितवनको सान

निर्धारित समयको खेल १-१ हुँदै पेनाल्टी शुटआउटका सुरुका ५-१ प्रहारमा दुवै टोलीले समान ४ गोल गरेपछि खेलको निर्णय सडनथका आधारमा गरिएको हो । त्यसमा आर्मी असफल बनेको थियो ।


रुमेश बर्तौलाको कप्तानीमा मैदानमा उत्रेको चितवनले आर्मीमाथि सुरुदेखि नै दबाब बढाएको थियो । बिहीबार मात्रै नुवाकोटलाई ४-० ले हराएको चितवनसँग बाई पाएको आर्मीले प्रतिस्पर्धा गरेको हो । मध्यान्तरअघि पहिलो गोल चितवनका कप्तान रुमेशले गरे । उनले यो गोल ४० औं मिनेटमा गरेका थिए । पछि उनी म्यान अफ द म्याच नै भए । रुमेशले १० हजार पुरस्कार पाए ।


चितवनले मध्यान्तरपछि पनि प्रतिस्पर्धात्मक खेल खेल्दै आर्मीमाथि नियन्त्रण राख्यो । तर ३६ औं मिनेटमा आर्मीका सन्तोष केसीले गोल गरेर खेल बराबरीमा ल्याए । १-१ को स्थितिमा खेलको निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । सुरुआतीमा दुवै टोलीका गोलरक्ष्ाकले १-१ पेनाल्टी रोकेका थिए ।


सडनडेथमा आर्मीका गोलरक्षक विवश चौधरीले हानेको पेनाल्टी प्रहार पोस्ट माथिबाट बाहिरिदाँ नतिजा चितवनको पक्ष्ामा गएको हो । भरतपुर गोल्डकपमा यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्यासल युथसँग पाराजित भएर बाहिरिएको थियो ।


सशस्त्र प्रहरीको एपीएफ क्लबले भने वीरगन्ज युथ एकेडेमीसँग कठिन जित निकालेको थियो । आइतबार खेल झापा-११ र च्यासल युथबीच हुनेछ ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?