कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोरङ सेमिफाइनलमा

रमेशचन्द्र अधिकारी

धनकुटा — मोरङको विन्ध्याबासिनी फुटबल क्लबको जितसँगै शनिबार सहिद भीमनारायण श्रेष्ठ आमन्त्रण गोल्डकप फुटबलको १४ औं संस्करण सुरु भएको छ । 

मोरङ सेमिफाइनलमा

उद्घाटन खेलमा विन्ध्याबासिनीले रोयल फुटबल क्लब भारतलाई सडनडेथमा हराएको थियो । जितसँगै टोली सेमिफाइनल पुगेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको खेलमा दुवैबाट निर्धारित समयमा गोल हुन सकेन ।


पेनाल्टी शुटआउटमा दुवैको ५-५ गोल बराबर भएपछि सडनडेथका आधारमा विजेता छिनोफानो भएको हो । रोयलका प्रतीक लामाले पेनाल्टी विन्ध्याबासिनीका गोलकिपर सूर्य अधिकारीले रोकेर टोलीलाई जित दिलाएका छन् । सडनडेथमा विन्ध्यबासिनीको तर्फबाट कप्तान अशोक खवासले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो । म्यान अफ द म्याच विजेताका गोलकिपर सूर्य घोषित भए ।


सुरुदेखि नै विन्ध्यबासिनीका खेलाडीले कयौं अवसर गुमाए । दोस्रो हाफको मध्यतिर विन्ध्यबासिनीका विनोद केसीले प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो ।


प्रतियोगितामा विभागीय र बाहिरका गरी ८ टिमले भाग लिएको आयोजक समितिका संयोजक शम्भु प्रधानले जनाए । प्रतियोगितामा फ्रेन्ड्स क्लब, एपीएफ, आयोजक धनकुटा ११, बिर्तामोड युनाइटेड क्लब झापा, विन्ध्याबासिनी, धरान फुटबल क्लब सुनसरी, रोयल फुटबल क्लब भारत र दाउफिन्स क्लब क्यामरुन प्रतिस्पर्धी छन् । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । विधागत उत्कृष्टलाई पनि पुरस्कार दिइने छ ।


सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापित प्रतियोगिता केही वर्ष स्थगित भए पनि २०६३ यता नियमित हुँदै आएको संस्थापक राजेश्वरबहादुर श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन सांसद राजेन्द्र राईले गरे । सहिद भीमनारायणका पत्नी लक्ष्मी, छोरा मनोहरनारायण, मनोजनारायण र छोरी ममतालगायतलाई सम्मान गरिएको छ । आइतबार आयोजक धनकुटा ११ र बिर्तामोड युनाइटेड झापाबीच हुने आयोजकले जनाएको छ ।


हात हालाहाल

खेल चलिरहेको क्रममा दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको छ । दुवैबीच कुटाकुट भएपछि केहीबेर तनाव सिर्जना भएको थियो । दुवै टोलीका विदेशी खेलाडीबीच विवाद हुँदा हात हालाहाल भएको हो ।


केही बेरपछि खेल सञ्चालनमा आएको थियो । बिन्ध्यावासिनीका विदेशी खेलाडी याकुबले बल हातले समाएका थिए । उनलाई रेफ्रीले पहेँलो कार्ड देखाए ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?