२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकीलाई उपाधि

विप्लव भट्टराई

इलाम — गण्डकी प्रदेशले इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

गण्डकीलाई उपाधि

भारतीय खेलाडीले भरिएको बिर्तामोडमाथि अनुभवी टिम गण्डकीले २५-१७, २५-१३ र २५-२१ को जित निकाल्यो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ द टुर्नामेन्ट गण्डकीका हरि पाण्डे घोषित भए । म्यान अफ द फाइनल बिर्तामोडका राजीव तमोर भए ।


सेमिफाइनलमा ताप्लेजुङको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो । राष्ट्रिय टिममा समेत अनुभव बटुलेका खेलाडीसहित उत्रिएको गण्डकीले खेलको पहिलो सेटदेखि नै बिर्तामोडलाई दबाबमा राख्यो । नवचेतना भलिबल टिम बरबोटेविरुद्ध सेमिफाइनलमा जित निकालेको बिर्तामोडले भने अपेक्षाकृत खेल पस्कन सकेन । यो टिममा पनि भारतको राष्ट्रिय लिग खेल्नेसहित अनुभवी खेलाडी थिए ।


जिल्ला भलिबल संघको आयोजनामा मंसिर २६ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । जिल्लामा भलिबल गतिविधि सुस्ताएको अवस्थामा युवालाई यो खेलप्रति आकर्षण बढाउँदै विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डाकप्रसाद गौतमले बताए । प्रतियोगितामा आयोजकसहित पाँचथरको त्रिवेणी युथ क्लब, झापा गाउँपालिका र चन्द्रगढी भलिबल क्लबको सहभागिता थियो ।

प्रकाशित : वैशाख २९, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?