कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा दौड प्रतियोगिता

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटमा पहिलो पटक दौड प्रतियोगिताको आयोजना गरिएको छ । खुल्ला पुरुष तथा महिला प्रथम मेयर दौड प्रतियोगिताको उपाधि धावक दुर्गाराज बुढामगर र सिता कुमारी शाहीले जितेका छन् ।

जाजरकोटमा दौड प्रतियोगिता

मगरले १ सय ५ जना पुरुष र शाहीले १८ जना महिला सहभागीलाई पछि पार्दै निर्धारित १० किलोटिमर दुरी ३६ दशमल्लव ५४ मिनेटमा पार गरी उपाधि जितेका हुन् ।

भेरी नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा टेकेन्द्रकुमार थापा र दीपक कठायत क्रमशः द्वितीय र तृतीय भए । महिलातर्फ विमला रानामगर, सुस्मिता रावल द्वितीय र तृतीय बने ।

दौडमा भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय प्रमुख लगायत १ सय ५ जनाले सहभागिता जनाएका थिए । नगरप्रमुख घर्तीले उक्त दौड ५७ दशमल्लव ४१ मिनेटमा पुरा गरेका थिए ।


प्रतियोगिताका सहभागी ५० प्रतिशत खेलाडीले मात्र दौड पुरा गरेको नगरप्रमुख घर्तीले बताए । उपाधि जित्ने बुढामगर र शाहीले २०/२० हजार नगद हात पारे । त्यस्तै द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई १५/१५ हजार र १०/१० हजार पुरस्कार प्रदान गरिएको नगरप्रमुख घर्तीले बताए ।

उपाधि विजेतालाई कर्णाली प्रदेश सांसद गणेश प्रसाद सिंहले नगद पुरस्कार र प्रमाण पत्र वितरण गरे । खेलकुदले नागरिकलाई स्वस्थ बनाई विकास र समृद्धिमा टेवा पुर्‍याउने सांसद सिंहले बताए ।

प्रकाशित : वैशाख ३१, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?