कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोस्रो दिन सुवास अगाडि

काठमाडौँ — एमेच्योर गल्फर सुवास तामाङ घिसिङले दोस्रो दिन पनि तीन अन्डर ६९ को प्रदर्शन गरेपछि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो चरण सकिँदा अग्रता हासिल गरेका छन् । 

दोस्रो दिन सुवास अगाडि

गोकर्ण गल्फ कोर्समा मंगलबारको प्रदर्शनबाट सुवासको कुल स्कोर ६ अन्डर १३८ पुगेको छ । उनले पहिलो चरणमा अग्रता हासिल गरेका जयराम श्रेष्ठ र अर्का एमेच्योर शुक्रबहादुर राईलाई २ स्ट्रोकले पछि पारेका छन् ।


मंगलबार शुक्रको प्रदर्शन सबैभन्दा राम्रो रह्यो । उनले ६ अन्डर ६६ को स्कोर निकालेका थिए । जयरामले दोस्रो चरणमा लेभल पार ७२ को मात्र प्रदर्शन गर्न सके । दुवैको कुल स्कोर ४ अन्डर १४० को छ । दोस्रो चरणमा ५ अन्डर ६७ को प्रदर्शन गरेका रमेश अधिकारीको कुल ३ अन्डर १४१ स्कोर भएको छ ।


भुवन नगरकोटी र धनबहादुर थापाको समग्र स्कोर २ अन्डर १४२ छ । दोस्रो चरणमा भुवनले ५ अन्डर ६७ र धनले ३ अन्डर ६९ को प्रदर्शन गरेका थिए । सन्जोग मोक्तान र एमेच्योर टंकबहादुर कार्कीको समग्र स्कोर १ अन्डर १४३ छ ।


प्रकाशित : जेष्ठ १, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?