३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपालको पदक जित्ने लक्ष्य

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — निरन्तर ६ दिन डुंगा खियाउँदै उत्तरी अस्ट्रेलियाको टली नदीमा अभ्यस्त भएको नेपाली राष्ट्रिय र्‍याफ्टिङ टिमले १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा बिहीबारदेखि आफ्नो चुनौती पेस गर्दै छ । पुरुषतर्फ खुला स्पर्धामा सहभागी नेपाली टिमले पहिलो दिन स्प्रिन्टमा आफ्नो क्ष्ँमताको जाँच गर्नेछ ।

नेपालको पदक जित्ने लक्ष्य

पछिल्ला दुई दिन भारी वर्षाबीच अभ्यास गरेको नेपाली टिमका कप्तान सुरज गुरुङले बुधबार भने, ‘हामीले र्‍यापिड ग्रेड (छालको मापन) ४ भएका नदी मस्र्याङदी, सेती र त्रिशूलीमा दुई महिना अभ्यास गरेका थियौं । टलीको र्‍यापिड ग्रेड पनि ४ नै हो । बढी ढुंगा भएकाले टली अलि कठिन (ट्रिकी) छ । नत्र यहाँ र नेपालमा गरेको प्रशिक्ष्ँणमा खासै भिन्नता छैन । स्वदेशका नदीमा अभ्यास गरिएको रणनीति नै यहाँ (टली) काम लाग्छ । त्यसैले उत्कृष्ट प्रदर्शन गर्ने आस गरेका छौं ।’


च्याम्पियनसिप आयोजना स्थलको ठीकमाथि विद्युत उत्पादनका लागि बाँध बनाइएको छ । त्यहाँबाट छाड्ने पानीको मात्राले पनि नदीको बहाव र गतिमा फरक पार्नेछ ।


नदीको बीच-बीचमा छांगा धेरै भएकाले पानीको उछाल बढी रहेको खेलाडीले महसुस गरेका छन् । उष्ण वर्षात् हुने वन क्षेत्रमा युनेस्को विश्व सम्पदामा सूचीकृत यस टली उपत्यकामा दुई दिनयता लगातार पानी परिरहेको छ । आर ६ अन्तर्गतको यस विश्व च्याम्पियनसिप सञ्चालन अवधिमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमानमा देखाइएको छ । यसले प्रदर्शनलाई प्रभावित पार्नेछ ।


पदक जित्ने लक्ष्य

अस्ट्रेलियोको यस जाडोयाममा घुलमिल भइसकेको बताउँदै कप्तान सुरजले भने, ‘प्रतियोगितामा सहभागी हुने सबैको लक्ष्य जित्ने (पदक) नै हुन्छ, हाम्रो लक्ष्य पनि त्यही हो ।’


झन्डै चार महिनाअघि त्रिशूलीमा भएको राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बनेको नेपाल र्‍याफ्ट एन्ड कायक क्लब फिस्लिङका सुरजसहित शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रबिल मियाँले विश्व च्याम्पियनसिपमा पहिलोपल्ट प्याडल चलाउँदै छन् । त्यो टिमका मिलन गुरुङ जापानतिर लागेपछि वैकल्पिक खेलाडीको स्थान प्याडल नेपालका सुनील गुरुङले लिएका छन् । उनीहरूसँग ६ देखि १२ वर्षसम्म रिभरगाइड काम गरेको अनुभव छ । उनीहरूको टिमवर्क राम्रो रहेको प्रशिक्ष्ँक निमबहादुर मगरले बताए ।


विश्व च्याम्पियनसिपमा स्प्रिन्ट, हेड टु हेड, स्ललोम र डाउन रिभर गरी चार स्पर्धा समावेश छन् । स्प्रिन्टमा १ सय, हेट टु हेडमा २ सय, स्ललोममा ३ सय र डाउन रिभरमा ४ सय गरी कुल १ हजार अंकको प्रतिस्पर्धामा सर्बाधिक अंक जोड्ने टिम नै विश्व विजेता बन्नेछ । नेपाली टिमलाई हेड टु हेड र डाउन भिरमा बलियो मानिन्छ । आर ६ को पछिल्लो विश्व च्याम्पियनसिप (जापान २०१७) मा सेमिफाइनल पुगेको नेपाली टिम स्पिन्टमा ११ औं भएको थियो । उक्त नतिजालाई यसपालि सुधार गर्ने अपेक्षा गरिएको छ ।


सुरज, सविन, पदम, रविलले टलीबाटै अन्तर्राष्ट्रिय र्‍याफ्टिङकम डेब्यु गर्दै छन् । सुनील, शक्ति र दीपेशले चीनको युसु नदीमा भएको वल्र्ड र्‍याफ्टिङ प्लेटो च्याम्पियनसिप २०१८ खेलेका थिए ।


मिलन श्रेष्ठ र लिलबहादुर गुरुङसहितको नेपाली टिम १६ देश सहभागी त्यहाँ सातौं भएको थियो । सुनील ब्रम्हापुत्र नदीको तिब्बत क्षेत्रमा भएको फ्रेन्डसेप डाउन रिभर रेस २०१७ को रजत पदक विजेता नेपाली टिमका सदस्य पनि हुन् । सात देश सहभागी रेसको नेपाली टिममा उनीसहित हालका प्रशिक्ष्ँक निम तथा धिरज बीसी, रामजी सेढाईं थिए ।


सत्र देश सहभागी जापान संस्करणमा नेपाली टिम समग्रमा १३ औं स्थानमा थियो । टलीमा पुरुष खुलातर्फ १६ टिम सहभागी स्प्रिन्टमा नेपालले आठौं क्रममा रहेर प्रतिस्पर्धा सुरु गर्नेछ । च्याम्पियनसिपमा कुल १८ देशका ४८ टिम सहभागी छन् । त्यसमा पुरुषतर्फ खुलामा डिफेन्डिङ च्याम्पियन ब्राजिलसहित १६, मास्टर्स (४० वर्षमाथि) ८, यू-२३ मा ५ र यू-१९ मा ४ टिम छन् । महिलातर्फ खुलामा ८, मास्टर्समा २, यू-२३ मा ५ टिम छन् ।


विश्वकपको छनोट

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएको २० वर्ष पुगेको अवसरमा सन् २०२० मार्चमा चिलीमा ‘आमन्त्रण विश्व र्‍याफ्टिङ कप’ हुँदै छ ।

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ (आईआरएफ) का अध्यक्ष जोसेफ विलिस जोन्सका अनुसार यस विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने पुरुष वा महिला खुला शीर्ष ८ वा ९ टिमलाई चिलीको नतिजाका आधारमा छनोट गर्ने र ती टिमको खर्च चिली सरकारले बेहोर्ने बताए । त्यसमा पनि नेपाली टिमले छनोट हुने लक्ष्य बनाएको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?