भरतपुर गोल्डकप : फाइनलमा संकटा र झापा 

रमेशकुमार पौडेल

चितवन — नारायणगढ क्याम्पाचौरमा जारी भरतपुर गोल्डकपको फाइनल खेलमा संकटा क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

भरतपुर गोल्डकपको बिहिबार भएको अन्तिम सेमी फाइनल खेलमा भिड्दै झापा-११ (सेातोे जर्सी) र एपीएफका खेलाडीहरु ।  तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई शून्यकाविरुद्ध एक गोलले पराजित गरेर झापाले फाइनल भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल शनिबार हुँदैछ ।

Citizen


झापाका लागि खेलको ५८ औं मिनेटमा जर्सी नम्बर १४ का निशान लिम्बुले गरेको गोल नै खेलमा निर्णयक बन्यो । यस गोलले लिम्बुलाई म्यान अफ दि म्याच घोषित हुँुदै १० हजार राशीको पुरस्कार दिलायो । मध्यान्तरअघि गोलरहित खेलमा मध्यान्तरअघि दुवै टिमले दवाब बढाएका थिए । एपीएफले मध्यान्तरपछि गरेका तीनवटा राम्रा प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको ६० औं मिनेटमा एपीएफका प्रदिप लामाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि ७० औ मिनेटमा एपीएफले गरेको कर्नर प्रहारका बेला गोल हुन लागेको बललाई झापाका गोल रक्ष्ाक किशोर गिरीले पोलमाथिबाट बाहिर पठाएका थिए । त्यसलगत्तै एपीएफका नवीन लामाले गरेको प्रहार पनि गोल हुनबाट बचेको थियो ।

बाइ पाएर सिधै क्वाटर फाइनलमा भिड्न आएका दुई विभागीय टोली प्रहरी र आर्मी आफ्ना पहिलो खेलमा पराजित भएर बाहिरिएका थिए । समूह चरणका खेलमा नै सहभागी भएको एपीएफ सेमिफाइनलसम्म पुग्यो । एजे इन्टरनेशनलले भरतपुरको पुरानो मेडिकल कलेज सीएमएसको मुख्य प्रायोजनमा आयोजना गरेको भरतपुर गोल्डकपमा विजेता टिमले ६ लाख नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले तीन लाख पाउने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युनिक्याम्पस एकेडेमिक मेला शुक्रबारदेखि  

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेलाई लक्षित गरी युनिक्याम्पस एकेडेमिक मेला शुक्रबारदेखि आयोजना हुँदैछ । 

पुतलिसडक हाईटस्थित युनिक्याम्पसमा आयोजना गरिएको मेलामा बिभिन्न खेल, फुड फेस्टिवल र अतिरिक्त क्रियाकलाप हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेलामा सहभागी हुने विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुनेछ।

मेलामा विशेषगरि १२ कक्षा पास गरेका र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि परामर्श तथा सूचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए।

प्रकाशित : जेष्ठ २, २०७६ १९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT