कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरतपुर गोल्डकप : फाइनलमा संकटा र झापा 

रमेशकुमार पौडेल

चितवन — नारायणगढ क्याम्पाचौरमा जारी भरतपुर गोल्डकपको फाइनल खेलमा संकटा क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

भरतपुर गोल्डकप : फाइनलमा संकटा र झापा 

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई शून्यकाविरुद्ध एक गोलले पराजित गरेर झापाले फाइनल भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल शनिबार हुँदैछ ।


झापाका लागि खेलको ५८ औं मिनेटमा जर्सी नम्बर १४ का निशान लिम्बुले गरेको गोल नै खेलमा निर्णयक बन्यो । यस गोलले लिम्बुलाई म्यान अफ दि म्याच घोषित हुँुदै १० हजार राशीको पुरस्कार दिलायो । मध्यान्तरअघि गोलरहित खेलमा मध्यान्तरअघि दुवै टिमले दवाब बढाएका थिए । एपीएफले मध्यान्तरपछि गरेका तीनवटा राम्रा प्रहार गोलमा परिणत हुन सकेन ।


खेलको ६० औं मिनेटमा एपीएफका प्रदिप लामाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि ७० औ मिनेटमा एपीएफले गरेको कर्नर प्रहारका बेला गोल हुन लागेको बललाई झापाका गोल रक्ष्ाक किशोर गिरीले पोलमाथिबाट बाहिर पठाएका थिए । त्यसलगत्तै एपीएफका नवीन लामाले गरेको प्रहार पनि गोल हुनबाट बचेको थियो ।


बाइ पाएर सिधै क्वाटर फाइनलमा भिड्न आएका दुई विभागीय टोली प्रहरी र आर्मी आफ्ना पहिलो खेलमा पराजित भएर बाहिरिएका थिए । समूह चरणका खेलमा नै सहभागी भएको एपीएफ सेमिफाइनलसम्म पुग्यो । एजे इन्टरनेशनलले भरतपुरको पुरानो मेडिकल कलेज सीएमएसको मुख्य प्रायोजनमा आयोजना गरेको भरतपुर गोल्डकपमा विजेता टिमले ६ लाख नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले तीन लाख पाउने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?