नेपाल हेड टू हेडमा चीनसँग पराजित

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
राजु घिसिङ

क्वीन्सल्यान्ड,अस्ट्रेलिया — नेपाली टिम टाली नदीमा भइरहेको १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको दोस्रो दिन शुक्रबार हेड टु हेड स्पर्धामा पहिलो खेलमै चीनसँग पराजित भएको छ । अविश्वसनीय प्रदर्शन गर्दै चीनले यस स्पर्धामा स्वर्णपदक जित्यो ।

नेपाल हेड टू हेडमा चीनसँग पराजित

जापानमा दुई वर्षअघि भएको आर ६ को विश्व च्याम्पियनसिपमा सेमिफाइनल पुगेको नेपाली टिमलाई टाली नदीमा अघिल्लो दिन स्प्रिन्टमा पाँचौ स्थान हात पारेकाले हेड टू हेडमा चीनविरुद्ध बलियो मानिएको थियो । नकआउट शैलीको यस स्पर्धामा सुरुबाटै अघि बढेको चीनलाई नेपालले भेटाउन सकेन । नेपालले ९८।९१ सेकेन्ड लगाउँदा चीनले ९०।७९ सेकेन्डमात्र खर्चिएर अन्तिम आठको यात्रा तय गर्यो ।


चीनले क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन ब्राजिल, सेमिफाइनलमा रुस र फाइनलमा जापानलाई पराजित गर्दै स्वर्णपदक जित्यो । यसमा रुसले कास्यपद हात पार्यो । १६ देश सहभागी पुरुष खुलाको हेड टू हेडमा नेपाल नवौं स्थानमा रह्यो । नेपाली टिमले शनिबार स्ललोम र आइतबार डाउनरिभरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?