कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको स्ललोममा फितलो प्रदर्शन

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली टिमले क्वीन्सल्यान्डस्थित टाली नदीमा भइरहेको १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको तेस्रो दिन शनिबार पुरुष खुलातर्फ स्ललोम स्पर्धामा ५५ सेकेन्ड पेनाल्टी (कारबाही) बेहोरेपछि १३ औं स्थानमा सीमित भएको छ ।

नेपालको स्ललोममा फितलो प्रदर्शन

स्ललोममा दुई चरणमा प्रदर्शन गर्न पाइन्छ । सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र सुनिल गुरुङ (वैकल्पिक) को नेपाली टिमले पहिलो चरणमा ११८.२० सेकेन्डमा दूरी पार गरेको थियो । तर, आठौं गेटमा पूरा खेलाडी प्रवेश गर्न असफल भएपछि ५० सकेन्ड पेनाल्टीमा परेको नेपालले पोल छुदा ११ औं गेटमा ५ सेकेन्ड गुमाउनुपर्यो । त्यसैले पहिलो चरणको समय १७३.२० सेकेन्ड बन्यो ।


नेपाली टिम दोस्रो चरणमा सुरुबाटै अनियन्त्रित देखियो । ८५ सेकेन्ड पेनाल्टी बेहोरेपछि दोस्रो चरणमा नेपालको समय २०७.८८ सेकेन्ड निस्कियो । स्ललोममा दुई चरणको समयमध्ये सबभन्दा छिटो भएको एकलाई लिइन्छ । त्यसमा नेपालको पहिलो चरणको समय राम्रो निस्कियो । त्यसआधारमा नेपाल १३ औं स्थानमा रह्यो । स्प्रिन्टमा पाँचौं, हेड टु हेडमा नवौं भएको नेपालले १६ देश सहभागी स्ललोममा रोमानिया, नर्वे र कोलम्बियालाई मात्र उछिन्यो ।


हेड टु हेडमा क्वाटरफाइनलमै स्तब्ध भएको डिफेन्डेङि च्याम्पियन ब्राजिलले १०२.७२ सेकेन्डसाथ स्ललोममा स्वर्णपदक जित्यो । रुस (१०९.७१ सेकेन्ड) ले रजत र चीन (११४.६१ सेकेन्ड) ले कांस्यपदक हात पारे । ब्राजिलले स्प्रिन्टमा पनि स्वर्ण जितेको थियो । आर ६ तर्फ विश्व च्याम्पियनसिपको अन्तिम दिन आइतबार डाउनरिभरको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?