कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाकिस्तान हि्वलचियर क्रिकेट च्याम्पियन

काठमाडौँ — मोहम्मद लतिफले विष्फोटक इनिङ्स खेल्दै १ सय ५६ रन बनाएपछि पहिलोपल्ट आयोजित एसिया कप ट्वान्टी-२० हि्वलचियर क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार फाइनलमा पाकिस्तानले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई ५ विकेटले हरायो । 

पाकिस्तान हि्वलचियर क्रिकेट च्याम्पियन

२ सय ११ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै भेट्टाउने क्रममा चौथो नम्बरका ब्याट्सम्यान लतिफले १ सय ५६ रनको नटआउट इनिङ्स खेले । ६८ बलमा खेलेका उनले २७ चौका र ५ छक्का प्रहार गरे ।


सुरुआती तीन ब्याट्सम्यान सस्तैमा आउट भए पनि लतिफले इनिङ्स सम्हाले । मोहम्मद फियाज र सायेद अर्सालन मोहम्मदले समान १५ रन थपे । भारतका सौरभ मल्लिकले २ विकेट लिए ।


टस जितेको भारतले ओपनर सौरभको शतकीय इनिङ्समा निर्धारित ओभरमा २ विकेट गुमाई २ सय १० रन बनाएको थियो । मल्लिकले ६२ बलमा १९ चौका र १ छक्कासहित १ सय ४ रन जोडे । भारतका नकुल प्रजापतीले ३३ बलमा ६३ रन बनाउँदा १२ चौका प्रहार गरे । विश्वनाथ गुरभले २३ रन बनाए ।


पाकिस्तानका सायद अर्सालन र अदनान निसारले १-१ विकेट लिए । तलिफ म्यान अफ द फाइनल चुनिए । उनले समूह चरणमा नेपालविरुद्ध पनि १ सय ४६ रन प्रहार गरेका थिए । प्रतियोगिताभर ४ इनिङ्समा २ शतकसहित ३ सय ६६ रन प्रहार गरेका लतिफ उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीसमेत बने । भारतका सौरभ मल्लिक उत्कृष्ट बलर बने ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?