कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रधानमन्त्री कपलाई एक्सपर्टको साथ

काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले प्रमुख प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले तीन वर्षयता निलम्बन गरिरहेको अवस्थामा यो प्रतियोगिता अहिले देशको एकमात्र एकदिवसीय प्रतियोगिता हो । 

प्रधानमन्त्री कपलाई एक्सपर्टको साथ

प्रतियोगिताको व्यवस्थापन गरिरहेको नेपालय इन्टरनेसनल र एक्सपर्ट एजुकेसनबीच शनिबार सम्झौता भएको छ । सम्झौतामा नेपालयका अध्यक्ष सुवास प्रधान र एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौलाले हस्ताक्षर गरे । अब प्रतियोगिताको नाम एक्सर्पट पीएम कप हुनेछ । यद्यपि सम्झौताबारे दुवै पक्षले केही खुलाएका छैनन् ।


एक्सपर्टका कन्ट्री म्यानेजर शरद पाठकले आफ्नो संस्थाले नेपाली क्रिकेटलाई माथि उकास्न विभिन्न प्रतियोगितामा सहयोग गर्दै आएको र यो त्यसैको निरन्तरता भएको जनाए । दुईपल्ट मिति सर्नेक्रममा जेठ १, जेठ ८ हुँदै अब जेठ १० गतेदेखि हुने भएको छ ।


जेठ २५ सम्म हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरको त्रिवि मैदान र मुलपानीको नयाँ मैदानमा हुनेछ । नवनिर्मित मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ को खेलबाट प्रतियोगिताको उद्घाटन हुनेछ । सोही दिन कीर्तिपुरमा प्रदेश २ र त्रिभुवन आर्मीबीच खेल हुनेछ । गत वर्षको विजेता नेपाल एपीएफ क्लबले प्रदेश ३ सँग जेठ ११ मा कीर्तिपुरमा खेल्नेछ । सोही दिन मुलपानीमा प्रदेश २ र १ बीच प्रतिस्पर्धा हुनेछ ।


कुल ५० लाख पुरस्कार राशि राखिएको छ । त्यसमा विजेताले २० र उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याच, इमर्जिङ खेलाडी र म्याच फी प्रदान गरिने आयोजकले जनाएको छ ।


पीएम कपको यो तेस्रो संस्करण हो । पहिलोपल्ट प्रतियोगिता खेल्न लागिरहेका राष्ट्रिय कप्तान पारस खड्का आफू उत्साहित रहेको जनाए । '५० ओभरको खेल नेपालका लागि महत्त्वपूर्ण छ । नेपालको क्रिकेट अहिले जहाँ छ, त्यो ५० ओभरको खेलले नै हो । त्यसैले हामी सबैका लागि यो ठूलो प्लेट र्फम हो,' पछिल्लो एक दशक एपीएफबाट खेल्दै आएका पारस यसालि प्रदेश ३ बाट खेल्दै छन् ।


राजधानीमा उपलब्ध कप्तानहरूले शनिबार पत्रकार सम्मेलनमा जर्सी प्रदर्शन गरे । '२ वर्षमा अधिकतम ५० ओभरको प्रतियोगिता र खेल गराएर नेपाललाई टेस्ट स्तरमा पुर्‍याउन सक्छौं । त्यही नै उद्देश्यले हामी यो प्रतियोगिता आयोजना गरिरहेका छौं,' नेपालयका अध्यक्ष प्रधानले भने । प्रतियोगितालाई राखेपले ८० लाख उपलब्ध गराएको छ भने बाँकी ९५ लाख नेपालयले प्रायोजकबाट जुटाउने छ ।


मुलपानी मैदानको सुरुआत पनि गरौं र निजी क्षेत्रसँग काम गर्ने रणनिति अगाडि बढाउँदै पीएम कप निजी कम्पनीलाई आयोजना गर्ने जिम्मेवारी दिँदै आएको सदस्य-सचिव केशवकुमार विष्टले जनाए । मुलपानी मैदानको निर्माण कार्य पूर्ण नसकिएकाले ५५ यार्डभित्र खेलाउन लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?