१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाल डाउन रिभरमा छैटौं

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली टिमले डाउन रिभरमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेर क्वीन्सल्यान्डस्थित टाली नदीमा आइतबार सम्पन्न १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिप टुंग्याएको छ । अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम च्याम्पियनसिपको शीर्ष १० मा रह्यो ।

नेपाल डाउन रिभरमा छैटौं

अघिल्लो दिन समग्रमा १३ औं स्थानमा रहेको नेपालले पुछारमा आठ देशको समूहबाट डाउन रिभरको प्रतिस्पर्धा सुरु गरेको थियो । त्यो समूहमा पहिलो भएको नेपालले ४६ मिनेट ४८.३० सेकेन्डमा रेस पूरा गर्दै छैटौं स्थानमा रहेर डाउनरिभर टुंग्याएको हो ।


आर ६ को विश्वकपको यस स्पर्धामा न्युजिल्यान्ड (४४ मिनेट ५८.४१ सकेन्ड), रुस (४५ मिनेट ३३.२७ सेकेन्ड) र ब्राजिल (४६ मिनेट २४.९७ सेकेन्ड) ले क्रमश: स्वर्ण, रजत र कास्यपदक जिते । १६ देश सहभागी यस स्पर्धामा नेपालभन्दा अगाडि चेक रिपब्लिक (४६ मिनेट २९.४४ सेकेन्ड) र जापान (४६ मिनेट ३१.९८ सेकेन्ड) रहे ।


ओभरअलमा नेपाल दसौंमा रह्यो र यो नै विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालको सबभन्दा राम्रो प्रदर्शन हो । पुरुष खुलामा ब्राजिलले उपाधि रक्षा गर्यो । स्प्रिन्ट र स्ललोममा स्वर्णपदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउनरिभरमा तेस्रो भएपनि चार स्पर्धामा गरी सर्बाधिक अंक जोडेको आधारमा ब्राजिल फेरि च्याम्पियन भएको हो ।

प्रकाशित : जेष्ठ ५, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?