कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यू-१६ मा आशिष च्याम्पियन

नुमा थाम्सुहाङ

काठमाडौँ — झापाको डाइनामिक चेस एकेडेमीका आशिष पाण्डेले काठमाडौं मेयर कप उमेर समूह चेसअन्तर्गत यू-१६ खुलाको उपाधि जितेका छन् । लगातार पाँच राउन्डमा जित पाएका उनले छैंटौ र सातौं राउन्डमा बराबरी खेलेका थिए । ६ अंक बटुलेका उनले प्रोगेसिभ अंकका आधारमा सैनिक आवासीय माविका प्रनीत जोशीलाई पछाडि पारेका थिए । प्रनीतले पनि ६ अंक नै लिएका थिए ।

अन्नपूर्ण माविका प्रवेश लामा र श्री महांकाल माविका विजय टमाटाले पनि ६ अंक बटुलेका थिए । प्रोगेसिभ अंकमा पछाडि रहेका प्रवेश तेस्रो र विजय चौथो भए ।


यू-१२ छात्रातर्फ अन्नपूर्ण माविकी एलिसा तामाङ विजेता भइन् । उनले ख्वपि्रङ एकेडेमीकी अंशुदिल प्रजापतीलाई प्रोगेसिभ अंकमा पछाडि पार्दै उपाधि जितिन् । दुवैले समान ६ अंक बटुलेका थिए । मिसन युथ क्लबकी सन्तोषी बिक ५ अंकसहित तेस्रो स्थान भइन् ।


यू-१२ छात्रतर्फका हेड टु हेड च्यालेन्जमा आफ्नो प्रतिद्वन्द्वीलाई १ अंकले पराजित गर्दै मिसन युथ क्लबका कुशल बेलबासे विजेता भए । कमलपोखरी स्कुलका अनुपजंग शाह दोस्रो भए । दुवैले समान ६ अंक ल्याएका थिए । साढे ५ अंकका साथ मिसन युथ क्लबका आश्चर्य चौधरी तेस्रो भए ।


प्लेयर अफ द गेमको उपाधि भने श्री महांकाल माविका विजय टमटाले हात पारे । यू-१२ छात्रामा पुष्पसदनकी सुभाना महर्जन र छात्रमा दीपज्योतिका जसिम मोहम्मद अल सैयद उत्कृष्ट भए । स्वीस लिगका आधारमा ७ राउन्डसम्म चलेको प्रतियोगितामा सबै विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्ट खेलाडीले जनही ५ हजार पाए ।


मखन चेस क्लबले तारिणीबहालमा आयोजना गरेको प्रतियोगिता विजेतालाई काठमाडांै महानगरपालिका वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले पुरस्कृत गरे । १ सय ५२ खेलाडीले भाग लिएकोमा उपत्यकाबाहिर नेपालगन्जका ३, झापाका २ र कास्कीका १ खेलाडी सहभागी थिए । -प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ ५, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?