इंग्ल्यान्डको लगातार चौथो जित
हेडिङले — इंग्ल्यान्डले चौथो तथा अन्तिम वान डेमा आइतबार पाकिस्तानलाई सजिलै ५४ रनले हराएर ४ खेलको सिरिज ४-० ले जितेको छ ।
जोए रुटको ८४ र कप्तान इयोन मोर्गनको ७६ रनको मदतले इंग्ल्यान्डले ९ विकेटमा ३ सय ५१ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४६।५ ओभरमा सबै विकेट गुमाएर २ सय ९७ रन मात्र बनाउन सक्यो ।
क्रिस वक्सको धारिलो बलिङ अगाडि पाकिस्तानले ६ रनमा ३ विकेट गुमाएपछि टिम हारतर्फ धकेलिएको थियो । बाबर आजामले ८० र सरफराज अहमदले ९७ रन बनाएर टिमलाई सम्मानजनक स्कोसम्म भने पुर्याए ।
वक्सले ५४ रनमा ५ विकेट लिए । अब इंग्ल्यान्डले मंगलबार आफ्नै भूमिमा हुने वान डे विश्वकपका लागि टिमको अन्तिम सूची जारी गर्नेछ । विश्वकप मे ३० बाट सुरु हुँदैछ ।
प्रकाशित : जेष्ठ ६, २०७६ ०८:०६प्रतिक्रिया