आशिष च्याम्पियन

काठमाडौँ — झापाको डाइनामिक चेस एकेडेमीका आशिष पाण्डेले काठमाडौं मेयर कप उमेर समूह चेसअन्तर्गत यू-१६ खुलाको उपाधि जितेका छन् । लगातार पाँच राउन्डमा जित पाएका उनले छैंटौ र सातौं राउन्डमा बराबरी खेलेका थिए ।

आशिष च्याम्पियन

६ अंक बटुलेका उनले प्रोगेसिभ अंकका आधारमा सैनिक आवासीय माविका प्रनीत जोशीलाई पछाडि पारेका थिए । प्रनीतले पनि ६ अंक नै लिएका थिए । अन्नपूर्ण माविका प्रवेश लामा र श्रीमहांकाल माविका विजय टमाटाले पनि ६ अंक बटुलेका थिए । प्रोगेसिभ अंकमा पछाडि रहेका प्रवेश तेस्रो र विजय चौथो भए ।


यू-१२ छात्रातर्फ अन्नपूर्णकी एलिशा तामाङ विजेता भइन् । उनले ख्वपि्रङ एकेडेमीकी अंशुदिल प्रजापतीलाई प्रोगेसिभ अंकमा पछाडि पार्दै उपाधि जितिन् । दुवैले समान ६ अंक बटुलेका थिए । मिसन युथ क्लबकी सन्तोषी बिक ५ अंकसहित तेस्रो स्थान भइन् ।


यू-१२ छात्रतर्फका हेड टु हेड च्यालेन्जमा प्रतिद्वन्द्वीलाई पराजित गर्दै मिसन युथका कुशल बेलवासे विजेता भए । कमलपोखरी स्कुलका अनुपजंग शाह दोस्रो भए । दुवैले समान ६ अंक ल्याएका थिए । साढे ५ अंकसाथ मिसन युथका आश्चर्य चौधरी तेस्रो भए । प्लेयर अफ द गेमको उपाधि भने श्रीमहांकाल माविका विजय टमटाले हात पारे । यू-१२ छात्रामा पुष्पसदनकी सुभाना महर्जन र छात्रमा दीपज्योतिका जसिम मोहम्मद अल सैयद उत्कृष्ट भए । सबै विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्टले जनही ५ हजार पाए ।


मखन चेस क्लबले आयोजना गरेको प्रतियोगिता विजेतालाई कामनपा वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले पुरस्कृत गरे ।


नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?