१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाली फुटबल टोली घोषणा : अभिषेक भित्र, विमल बाहिर

काठमाडौँ — आसन्न दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । नेपालले मलेसियासँग जेठ १९ मा क्वालालम्पुर र चाइनिज ताइपेईसँग जेठ २३ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । 

नेपाली फुटबल टोली घोषणा : अभिषेक भित्र, विमल बाहिर

फिफा विश्वकप २०२० छनोटको तयारीका रूमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एक साताको प्रशिक्षणका आधारमा मुख्य प्रशिक्षक कालिनले टोली छनोट गरेका हुन् ।


‘यो हाम्रा लागि खेलस्तर बढाउने अवसर हो । हामीले दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छौं,’ कालिनले भने, ‘केही नयाँ खेलाडीले अभ्यासमा उत्कृष्ट प्रदर्शन गरेका छन् र उनीहरूले खेलमा पनि आफूलाई प्रमाणित गर्ने अपेक्षा छ । केही खेलाडीमा फिटनेस समस्या देखिएकाले उनीहरूको स्थानमा फिट खेलाडी समावेश गरेका छौं ।’ फिटनेसका कारण विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् ।


नेपाली टोलीमा अभिषेक रिजालले पहिलोपल्ट स्थान बनाएका छन् । उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका राइट विंगर अभिषेकले सिनियर टिमबाट आफूलाई प्रमाणित गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।


नेपाली टोली : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु, विराज महर्जन (कप्तान), सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविषेक रिजाल र अञ्जन विष्ट ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?