कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री कप महिला क्रिकेट महेन्द्रनगरमा

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत चौथो प्रधानमन्त्री कप महिला ट्वान्टी-२० क्रिकेट जेठ अन्तिम साता हुने भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्च र जिखेविसको मैदानमा हुने प्रतियोगिताको व्यवस्थापकीय जिम्मा महाकाली स्पोर्ट्स सोसाइटीले गर्नेछ । 

परिषद्ले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ भने बाँकी रकम सोसाइटीले प्रायोजकमार्फत जुटाउनुपर्ने सदस्यसचिव केशवकुमार विष्टले जनाए ।


सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने प्रतियोगिताको च्याम्पियनले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन् ।


यसअघि काठमाडौं, इटहरी र धनगढीमा भएको थियो । मैदान र पिच निर्माणको काम छिटै सुरु हुने क्लबका अध्यक्ष सुमन भट्टले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?