कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोल्डेनगेटविरुद्ध आर्मीको जित

काठमाडौँ — अन्तिम ६ मिनेट ३० सेकेन्डमा गरेको सानदार प्रदर्शनसाथ त्रिभुवन आर्मी क्लब मंगलबार साबिक विजेता गोल्डेनगेट क्लबलाई ७५-६१ को स्कोरमा पराजित गरी नेपाल बास्केटबल लिगको शीर्षस्थानमा उक्लिएको छ । 

गोल्डेनगेटविरुद्ध आर्मीको जित

अनुशासन कारबाहीमा तीन खेलको प्रतिबन्धपछि फर्किएका आर्मीका कप्तान रोबिन खत्रीले १६ स्कोर गरे । तर आशिष बस्नेतले अन्तिम क्वाटरमा महत्त्वपूर्ण ८ अंक जोडेर आर्मीको जित निश्चित गरेका थिए ।


खेलको ७ मिनेट ०६ सेकेन्ड बाँकी हुँदा तीन अंक जोडेर विक्रम डंगोलले गोल्डेनगेटलाई ५९-५० को अग्रता दिलाएका थिए । आयुष सिंह र रोबिनले २-२ अंक जोडेपछि आर्मीले अन्तर ५९-५६ मा झार्‍यो । आशिष र रोबिनले लगातार अंक हासिल गरेसँगै आर्मीले अन्तिम क्वाटरमा २४-९ को स्कोर गरेको थियो ।


गोल्डेनगेटका लागि अन्तिम क्वाटरको अन्तिम ७ मिनेटमा योगेश कँडेरीले एउटा २ अंकको शट प्रहार गरे । खेलको अन्तिम १ मिनेटमा आर्मीका आयुष सिंहले ५ अंक जोडे ।


आर्मीले पहिलो क्वाटरमा १९-१२ को अग्रता बनायो । दोस्रोमा गोल्डेनगेटले २६-१९ ले आफ्नो पक्षमा ल्याएपछि समग्र स्कोर ३८-३८ को बराबरी भयो । तेस्रो क्वाटरमा १२-१४ स्कोरसँगै गोल्डेनगेटले २ अंकको अग्रता लियो । तर अन्तिम क्वाटरमा आर्मी पूरै हाबी बन्यो । आर्मीले अन्तिम क्वाटर २५-९ ले आफ्नो पक्षमा राख्दै जित हासिल गरेको हो ।


अर्को खेलमा नेपाल पुलिस क्लबले प्रतियोगितामा चौथो जित निकाल्ने क्रममा साउथ साइडर्स क्लबलाई उसकै कोर्टमा ७४-६३ स्कोरले पराजित गर्‍यो । पुलिसले बंगलादेशी राष्ट्रिय टोलीका तीन खेलाडी अनुबन्ध गरेको छ । पुलिसको ८ खेलमा १२ अंक छ । साउथ साइडर्सको यो आठौं हार हो ।


सुरुआती खेल साउथकै हातमा थियो । यस सिजन अक्सर उसले सुरुमा अग्रता लिने गरेको छ । पहिलो क्वाटरमा १९-१८ ले अगाडि रहेको साउथ दोस्रो क्वाटरमा १६-१० ले पछि पर्‍यो । तेस्रो क्वाटरमा पनि पुलिसले १८-१५ को अग्रता बनायो ।


अन्तिम क्वाटरमा पुलिसले २९-१९ ले अग्रतासँगै जित निश्चित बनायो । पुलिसका जसाङ सुनुवारले १४ सर्वाधिक अंक जोडे ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?