३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विश्वकपमा ३२ टिम मात्र

एएफपी

लाउसाने — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२२ को विश्वकपमा सहभागी हुने संख्या बढाएर ४८ टिम पुर्‍याउने निर्णय रद्द गरेको छ ।

यसलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोका लागि धक्का मानिएको छ । अब कतारमा हुने विश्वकपमा ३२ टिमको मात्र सहभागिता हुनेछ ।


फिफाले लामो गृहकार्य र छलफलपछि यो निर्णय गरेको पनि जनाउँदै अहिले तत्काल परिस्थितिमा सहभागी टिमसंख्या बढाउनु ठीक नहुने निष्कर्ष निकालेको हो । ‘त्यसैले यसअघिको निर्णयअनुसार अबको विश्वकपमा ३२ टिम नै हुनेछ । टिमको संख्या बढाउने प्रस्ताव जुन ५ को कंग्रेसमा लगिने छैन,’ फिफाले जनाएको छ ।


सहभागी संख्या बढाउने योजना अध्यक्ष इन्फान्टिनोको आफ्नै थियो । उनको यो निर्णय कार्यान्वयन भएको भए कतारले विश्वकपका केही खेलको अयोजना गर्न छिमेकी देशसँग सहकार्य गर्नुपर्ने हुन्थ्यो । तर कतारका केही छिमेकीसँग अहिले राम्रो सम्बन्ध छैन र कतारमाथि नाकाबन्दी चलिरहेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?