कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

युवाको लगानीमा क्रिकेट एकेडेमी

सन्जु पौडेल

रूपन्देही — सैनामैना नगरपालिका–४, लुम्बिनी रोडमा २ करोड रुपैयाँ लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट एकेडेमी निर्माण सुरु झएको छ । क्रिकेट विकासका लागि सैनामैनाका १० युवाको संयुत्त लगानीमा एकेडेमी निर्माण हुन लागेको हो । 

युवाको लगानीमा क्रिकेट एकेडेमी

उक्त एकेडेमीको नगरप्रमुख चित्रबहादुर कार्कीले बिहीबार शिलान्यास गरे । पर्रोहा माविको स्वामित्वमा रहेको १६ कठ्ठा जग्गा भाडामा लिएर एकेडेमी निर्माण सुरु गरिएको हो ।


अगामी दसैंसम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको लगानीकर्ता तथा गौतमबुद्ध अन्तर्रौष्ट्रिय क्रिकेट एकेडेमी सैनामैनाका अध्यक्ष तिलब केसीले बताए । ‘दक्ष प्रशिक्षक राखेर एकेडेमी संचालन गर्नेछौं,’ उनले भने, ‘रूफन्देहीमा रहेको क्रिकेट त्रेजलाई थप प्रोत्साहन गर्न र क्रिकेटमा रुचि भएका बालबालिका र युवालाई प्रशिक्षण दिने लक्ष्य छ ।’

यसको निर्माणका लागि तत्काल ५० लाख रुपैयाँ खर्च गरिने लगानीकर्ताले बताए । यसले पूर्णता पाउँदा २ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको सञ्चालक जेबी क्षेत्रीले बताए । उनका अनुसार एकेडेमीमा क्रिकेट मैदान, होस्टल भवन, तीन नेट पिच, अभ्यास क्षेत्र, कार्यालय हल र मैदान कम्पाउन्ड निर्माण हुनेछन् ।


‘अहिले ५–५ लाख रुपैयाँ लगानी गरेर काम सुरु गरेका छौं,’ क्षेत्रीले भने, ‘आगामी असोजसम्म काम सम्पन्न गरी मंसिरबाट कक्षा सुरु गरिनेछ ।’


एकेडेमीमा १२ वर्षभन्दा माथिका किशोर/किशोरीलाई होस्टलमा राखेर प्रशिक्षण दिइने एकेडेमीका सदस्य सुमित रिजालले बताए । ‘तीन लेभलमा कक्षा सञ्चालन गरिनेछ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य छ ।’


स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गर्दै क्षमतावान् बनाउन एकेडेमीले सहयोग गर्ने अर्का सदस्य कृष्ण भण्डारीले बताए । ‘प्रतिभा भएका खेलाडीले आर्थिक रूपमा कमजोर भए पनि चिन्ता लिनुपर्दैन,’ उनले भने, ‘प्रतिभाको सम्मान हुनेछ ।’


सैनामैनाका तिलब केसी, जेबी क्षेत्री, सुमित रिजाल, कृष्ण भण्डारी, कृष्णचन्द्र खनाल, राजु घिमिरे, हरिप्रसाद पोख्रेल, कृष्णप्रसाद शर्मा, श्रीप्रसाद भट्टराई, कृष्णप्रसाद ज्ञवालीले संयुक्त लगानीमा एकेडेमीको निर्माण सुरु गरेका हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?