कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालबालिका फुटबल महोत्सव आजदेखि

काठमाडौँ — सेल्टर आश्रय नेपालले शुक्रबारदेखि बालबालिका फुटबल महोत्सव आयोजना गर्ने भएको छ । सडक बालबालिकाको विश्वकपमा गत वर्ष नेपालको प्रतिनिधित्व गराएको सेल्टरले यो वर्षका लागि पनि यही महोत्सवमार्फत टिम छनोट गर्नेछ । 

सेल्टरले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार सुरु महोत्सव ५ दिन चल्नेछ । महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगिता नै हो ।


त्यसबाहेक म्युजिक वर्कसप, आर्ट वर्कसप र साधारणसभा पनि हुनेछ । महोत्सव अन्तर्गत आयोजना हुने दोस्रो स्ट्रिट चाइल्ड राष्ट्रिय फुटबल लिगमा छात्रा र छात्र दुवैतर्फ प्रतियोगिता गरिनेछ । १० टोली सहभागी छात्रतर्फको प्रतियोगिता २ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ । छात्रातर्फ ६ टोली रहेकोमा प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगितालाई अखिल नेपाल फुटबल संघले प्राविधिक सहयोग गर्नेछ ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरी छात्र र छात्राको राष्ट्रिय टिम बनाइने छ । उनीहरूलाई वैदेसिक प्रशिक्षणका लागि मलेसिया लगिने सेल्टर आश्रयकी अध्यक्ष खुश्बु ओलीले बताइन् । खेलाडीको आतेजाते, बसोबास तथा प्रशिक्षणको व्यवस्था मलेसियन फुटबल संघले गर्नेछ ।


दुई वर्षअघि सेल्टरले स्ट्रिट चाइल्ड राष्ट्रिय लिग गरेको थियो । त्यहाँबाट छनोट खेलाडीलाई गत वर्ष रुसको मस्कोमा भएको स्ट्रिट चाइल्ड विश्वकपमा सहभागी गराइएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?