कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुर हाफ म्याराथन : कर्पोरेट-मिडिया दौडको उपाधि राजेश र काजललाई

काठमाडौँ — कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

दोस्रो भएका अजय तामाङले १७ मिनेट ५५.९५ सकेन्डमा दुरी पुरा गरे । १८ मिनेट १२.४६ सेकेन्डमा दौड पुरा गरेका उत्तम श्रेष्ठ तेस्रो भए ।


महिलातर्फ काजल विष्टले २१ मिनेट २३.५ सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितिन् । दोस्रो भएकी जुनेली सुनारले २३ मिनेट १९.२ सेकेन्डको टाइमिङ निकालिन् । सुनिता गौतम २४ मिनेट ०९.७ सेकेन्डमा दुरी पुरा गरी तेस्रो भइन् । कर्पोरेट–मिडियाको दौडमा करिव २३ सयको सहभागिता थियो ।


कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराएको छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ ।


यो स्पर्धा थापाथलीबाट सुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुन: सोही रुट फर्कंदै थापाथली पुगेर टुंगिएको हो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?