कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई

काठमाडौँ — नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन्।

नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई

यसैगरी पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भए । महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन् ।


यस्तै कान्तिपुर हाफ म्याराथन अन्तर्गत ५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिव ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे ।

ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए ।

हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन् । त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर पाएका छन् ।

कर्पोरेटतर्फका विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज उपलब्ध गराइएको छ । त्यस्तै दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिएको छ । ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगियो । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु भएको ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्काे लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगियो ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको ‘कान्तिपुर हाफ म्याराथन’ को मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले इन एसोशिएसनको रुपमा रहेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?