धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ ।

धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ

मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन् । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन् ।

कँडेल सत्तारूढ नेकपाका स्थााीय नेतासमेत हुन् । कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना महिला पनि छन् । महिलाकाे स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए ।

काम स्थगित

कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिकाे सुरक्षामा खतरा र गम्भीर परस्थिति सृजना भइ काम गर्ने वातावरण नभएको भन्दै धुर्मुश सुन्तली फाउण्डेशनले काम स्थगनको घोषणा गरेको छ ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरेको उल्लेख छ ।

के हो समस्या ?

कृषि तथा वन विश्व विद्यालयले उपलब्ध गराएको २० विघा जमिनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गत माघ १६ मा भएको थियाे । फाउण्डेशनले जनस्तरमा सहगोग अभियान चलाएर रंगशाला बनाउन सुरु गरेकाे हाे ।

तीन अर्ब लागत लाग्ने रंगशाला २२ विधाका खेल खेलाउन र प्रशिक्षण चलाउन मिल्ने बहुउद्देश्यीय हुने कट्टेल बताउँछन् । डीपीआर बन्दै गरेको रंगशालाको भदौमा औपचारिक शिलन्यास गर्ने र दुई वर्षभत्रि सक्ने लक्ष्य छ ।

डीपीआर निर्माणका साथै मैदानका कामहरू पनि अगाडि बढेको छ । परियाेजनास्थलमा बार लगाइएको छ । तीनतर्फ बार लगाए पनि पश्चिमतर्फ खुलै थियाे । पश्चिम सीमाका स्थानीयले बाटो चौडा बनाउन जग्गा माग गर्दै असहमति राखेका थएि । डीपीआर निर्माण सकिएपछि उपयुक्त निकास दिने भन्दै फाउण्डेशनले पश्चिमतर्फ पनि जस्ताले बारेको थियाे । त्यही बार बुधबार बिहान डोजर लगाएर भत्काएका हुन् । स्थानीयसँगकाे सहमतिमा बार लगाए पनि भ्रामक कुरा गरेर वातावरण बिगारेकाे फाउण्डेशनले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?