नेदरल्यान्ड्स नेसन्स लिगको फाइनलमा

एएफपी

लन्डन — नेदरल्यान्ड्सले नेसन्स लिगको बिहीबार राति भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई ३-१ ले हराएको छ । अब फाइनलमा उसको भेट पोर्चुगलसँग हुनेछ ।  

निर्धारित समयको खेल १-१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो र त्यसमा इंग्ल्यान्डको कमजोर डिफेन्सको फाइदा लिएर नेदरल्यान्ड्सले दुई गोल थपेको हो ।


इंग्ल्यान्डले मार्कोस रसफोर्डको गोलले अग्रता लिएयता डि लिटले बराबरी गोल फर्काए । त्यसयता वाल्करको आत्मघाती गोलले ंइंग्ल्यान्ड पछाडि परेको थियो । अर्को गोल प्रोमिसको नाममा रह्यो ।


प्रकाशित : जेष्ठ २४, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?