२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपाल पुलिस विजयी

काठमाडौँ — नेपाल पुलिस क्लब दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पुलिसले आइतबार विभागीय डर्बीमा नेपाल एपीएफ क्लबलाई ३-२ गोल पराजित गर्‍यो । विदुर नगरपालिका ४ स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको मैदानमा एपीएफबाट ४० औं मिनेटमा नवीन लामाले पेनाल्टी मार्फत गोल गरे । 

पुलिसका गोलकिपर रोशन खडकाले विपक्षी खेलाडीलाई डिबक्समा खुट्टा तानेपछि सशस्त्र प्रहरीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुलिसबाट ५० औं मिनेटमा अजित भण्डारीले गोल गर्दै बराबरीमा ल्याए । त्यसको एक मिनेट बित्न नपाउँदै पुनः पुलिस क्लबले काउन्टर मार्फत एक गोल गर्दै २-१ को अग्रता बनायो । त्यसपछि पुनः पुलिस क्लबको ७० आंै मिनेटमा रवि पासवानले ३-१ को अग्रता बनाए । ७८ औं मिनेटमा एपीएफका अजित लामाले गोल गरेर दूरी छोटयाए ।


पुलिसले सेमिफाइनलमा मंगलबार घरेलु टोली नुवाकोट ११ सँग प्रतिस्पर्धा गर्नेछ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल संघले आयोजनामा भइरहेको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेताले टिमले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । सोमबार चौथो क्वाटरफाइनलमा मनाङ मस्र्याङी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : जेष्ठ २६, २०७६ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?