कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामाथि भारतको जित

एएफपी

लन्डन — शिखर धवनको शतकमा भारतले आइतबार विश्वकप क्रिकेटमा अर्को दाबेदार अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । भारतले लगातार दोस्रो विजय हात पारेको हो । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । पहिलो दुई खेल जितेको अस्ट्रेलियाले पहिलो हार बेहोरेको हो । 

अस्ट्रेलियामाथि भारतको जित

धवनले आफ्नो १७ औं शतक बनाउने क्रममा १ सय ९ बलमा १ सय १७ रन बनाएपछि टस जितेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई ३ सय ५२ रन बनायो । रोहित शर्मासँग पहिलो विकेटमा १ सय २७ रन जोडेका धवनले १६ चौका प्रहार गरे । शर्मा ७० बलमा ५७ रन बनाई आउट भए । कप्तान विराट कोहलीले ७७ बलमा ८२, हार्दिक पाण्ड्याले २७ बलमा ४८, महेन्द्रसिंह धोनीले १४ बलमा १७ रन बनाए भने केएल राहुल ३ बलमा ११ रन बनाई अविजित रहे ।


कोहलीले ४ चौका र २ छक्का तथा पाण्ड्याले ४ चौका र ३ छक्का प्रहार गरे । धोनीको इनिङ्समा ३ चौका समावेश थियो । अस्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए ।


जबाफमा आएको अस्ट्रेलिया पूरा ५० ओभर खेली ३ सय १६ रनमा अलआउट भयो । एलेक्स क्यारी ३५ बलमा ५५ रन बनाई अविजित रहे । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

पूर्वकप्तान स्टिभ स्मिथले ७० बलमा ६९ र डेविड वार्नरले ८४ बलमा ५६ रन बनाए । स्मिथले ५ चौका र १ छक्का प्रहार गरे । भारतका जस्प्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ तथा युजभेन्द्र चहलले २ विकेट लिए ।


स्कोर कार्ड


भारत

३६ रनले विजयी


भारत

५० ओभर ३५२/५

शिखर धवन–११७

विराट कोहली–८२

रोहित शर्मा–५७


मार्कुस स्टोइनिस २/६२

प्याट कमिन्स १/५५



अस्ट्रेलिया

५० ओभर ३१६/१०

स्टिभ स्मिथ–६९

डेभिड वार्नर–५६


भुवनेश्वर कुमार–३/५०

जस्प्रित बुमराह–३/६१

युजभेन्द्र चहल–२/६२



प्रकाशित : जेष्ठ २७, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?