कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

धोनीले पन्जा फेरे

एएफपी

लन्डन — क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निर्देशनबमोजिम भारतीय विकेटकिपर महेन्द्रसिंह धोनीले प्रयोग गर्ने पन्जामा प्रयोग भएको विवादास्पद लोगो अस्ट्रेलियाविरुद्धको खेलमा हटाइएको छ । दक्षिण अफ्रिकाविरुद्धको आफ्नो सुरुआती खेलमा धोनीले स्पष्ट सैनिक प्रतीक चिह्नको प्रयोग गरिएको पन्जा लगाएका थिए, जुन आईसीसीद्वारा निर्धारित नियमको उल्लंघन थियो ।

धोनीले पन्जा फेरे

धोनीले आइतबार आईसीसीको नियमअनुसार पन्जा परिवर्तन गरेका छन् । भारतले ओभलमा विश्व च्याम्पियन अस्ट्रेलियाविरुद्ध ५ विकेटको क्षतिमा ३ सय ५२ रन जोडेको थियो ।


आईसीसीले नियम उल्लंघन नगर्न निर्देश गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) तथा भारतका सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले धोनीको बचाउ गरेका थिए । विश्वकपको कपडा तथा उपकरणको नियमअनुसार हरेक खेल सामग्रीमा मात्र २ उत्पादक कम्पनीको लोगो राख्ने छुट छ । साथै प्रयोग गरिएका कुनै उपकरणमा राजनीतिक वा जातीय धारणा हुनुहुँदैन । धोनी भारतको प्यारासुट रेजिमेन्टका मानार्थ लेफटनेन्ट कर्नेल हुन् ।



प्रकाशित : जेष्ठ २७, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?