कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभीएम टिम च्याम्पियन

काठमाडौँ — आदर्श विद्या मन्दिर आफैंले आयोजना गरेको सत्यनारायणबहादुर श्रेष्ठ स्मृति अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेको छ । उसले ११ स्वर्ण, ६ रजत र ६ कांस्य जित्यो । आदर्श विद्या मन्दिरको टीटी हलमा आइतबार सम्पन्न यू–१८ छात्रमा एभीएमकै संयोग कपालीले स्वर्ण, औचित पौडेलले रजत जिते । कपालीले ३–० सेटमा खेल जितेका हुन् ।

छात्रा यू–१८ मा लिभरपुलकी स्कुलकी अञ्जु सुवालले सोही विद्यालयकी मञ्जु सुवाललाई ३–१ सेटले हराउँदै स्वर्ण जितिन् । यू–१६ छात्रामा एभीएमकी समीरा श्रेष्ठले स्वर्ण र प्रनिका कुँवरले रजत जिते । समीराले प्रतिस्पर्धात्मक ३–२ को सेटमा खेल जितेकी हुन् । यू–१४ छात्रातर्फबाट एभीएमकी इभाना थापामगरले प्रोक्सिमाकी दिया देउलालाई ३–२ सेटमा हराउँदै स्वर्ण जितिन् । मिश्रित युगलमा एभीएमका विशाल गोले र वियङा राईको जोडीले स्वर्ण जिते । उनीहरूले आफ्नै विद्यालयका रुविन महर्जन र इभाना थापामगरको जोडीलाई पराजित गरे ।


प्रकाशित : जेष्ठ २७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?