स्पोर्ट्स अवार्डमा डिस मिडियाको साथ

काठमाडौँ — १६ औं संस्करणको पल्सर स्पोर्टस अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले डिस मिडिया प्रालिसँग मुख्य सहप्रायोजकका रूपमा सम्झौता नवीकरण गरेको छ । मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डमा डिस मिलियाले प्रायोजन गरेको यो लगातार नवौं वर्ष हो । 

डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापछि पल्सर स्पाेर्टस अवार्डको इन एसोसियसन विथको भूमिकामा डिस मिडियाको खेलकुद च्यानल एक्सन स्पाेर्टस एचडी रहनेछ ।


डिस मिडियाले ७ लाख रुपैयाँ नगद र ४ लाख बराबरको सेटटप बक्स र वार्षिक रिचार्ज गरी ११ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको हो । सेटटप बक्स अवार्डका मनोनयनमा परेका र विजेताहरूलाई वितरण गरिनेछ ।


डिस मिडियाका प्रबन्ध निर्देशक आचार्यले खेलाडीलाई स्टार बनाउने आफ्नो र खेलकुद पत्रकार मञ्चको साझा लक्ष्य भएकाले सहकार्य गरी अघि बढ्न पाउँदा खुसी व्यक्त गरे । उनले आगामी संस्करणमा पनि प्रायोजनलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।


यस वर्षको स्पाेर्टस अवार्ड असार १७ गते प्रज्ञा भवन कमदालीमा हुँदै छ । यसपल्ट १० विधामा अवार्ड वितरण गरिनेछ । अवार्डकै एक विधा पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ भने वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन छिट्टै सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ ।


वर्षको उत्कृष्ट पारा एथ्लिट, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड समारोहकै दिन घोषणा गरिनेछ । २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार अवार्ड पनि प्रदान गरिनेछ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?