कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उपमेयर कप फुटबल : पूजाको दस गोल

काठमाडौँ — राष्ट्रिय टिमकी डिफेन्डर पूजा रानाले अग्रपंक्तिमा खेल्दै एक्लैले दस गोल गरेपछि बासगढीले उपमेयर कप अन्तर नगर महिला फुटबलमा आइतबार शम्भुनाथ नगरपालिकालाई निरीह तुल्याउँदै १९–० को जित हात पारेको छ ।

पहिलो खेलमा घोराही तुलसीपुपर उपमहानगरपालिकासँग २–२ को बराबरी गर्दा दुवै गोल गरेकी पूजाले हलचोक मैदानमा शम्भुनाथविरुद्ध पाँचौं मिनेटमै गोलको खाता खोलेकी थिइन् । उनले १० र २१ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । पहिलो हाफमा बासगढीले ८–० को अग्रता लिदा पाँच गोल गरेकी उनले निर्धारित ८० मिनेटको खेलको दोस्रो हाफमा पाँच गोल थपेकी थिइन् । लक्ष्मी चन्द र सुरक्षा सुखरियाले पनि ह्याट्रिक गरे ।


समूह ‘ए’को प्रतिस्पर्धामा राष्ट्रिय टिमकी गोलपिकर अन्जना रानामगरले पनि दुई गोल गर्न भ्याइन् । उनले फ्रि–किकमार्फत् ६८ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । गोलपोष्ट छाडेर अघि बढेकी उनले ‘ड्रिब्लिङ’ गर्दै अघि बढाएको बललाई ७५ औं मिनेटमा पोष्टको दिशा दिदै व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । बासगढीकी नानुमाया क्षत्रीले पनि इन्ज्युरी समयमा एक गोल गरिन् ।


यसअघि दिनको पहिलो खेलमा घोराही तुलसीपुर उपमहानगरपालिकाले वालिङमाथि ५–० को जित हासिल गर्दै तीन अंक जोड्यो । त्यसमा अस्मिता रनपालले दुई तथा शान्ता नेपाली, सरस्वती हमाल र मनमाया दमाईले एक–एक गोल गरे ।


प्रकाशित : असार १, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?