कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१३औं दक्षिण एसियाली खेलकुद : बजेट ५ अर्ब २६ करोड

काठमाडौँ — नेपालमा मंसिर १५ देखि २७ सम्म हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ५ अर्ब २६ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिना नेतृत्वको बजेट निर्माण कार्यदलले तयार पारेको बजेट आइतबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । 

कार्यदलले समग्र बजेटको समष्टिगत रूपको पुस्तक मन्त्री विश्वकर्मालाई बुझाएको हो । कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारीतर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल व्यवस्थापनतर्फ ३ करोड ११ लाख, प्राविधिकतर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, स्रोत साधन परिचालनतर्फ २० लाख, सुरक्षातर्फ ५० करोड, २६ लाख १ हजार ८४० र आवास व्यवस्थापनतर्फ ४५ करोड ५२ लाख ८६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


त्यस्तै यातायात व्यवस्थापनतर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्यतर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशनतर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह व्यवस्थापनतर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१ रुपैयाँ २० पैसा, स्वयंसेवक परिचालनतर्फ २ करोड, २ लाख ९७ हजार, अतिथि सत्कारतर्फ १ करोड २९ लाख ५ हजार, खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापन सचिवालयतर्फ १ अर्ब २९ करोड ९१ लाख ५ हजार ८९.५३ रुपैयाँ, एन्टिडोपिङतर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समितितर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय र प्रविधि व्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड निर्धारण गरेको छ ।


उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्री सुनारले १३ औं साग खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएको भन्दै सबै पक्षबाट सहयोगको अपिल गरे । उनले प्रतियोगिताका लागि बजेट महत्त्वपूर्ण भएको भन्दै निर्धारित बजेटको स्वीकृतिका लागि पहल सुरु गरिने बताए । १३ औं साग खेलकुदको तयारी तथा व्यवस्थापन समितिको बैठकले वैशाख २६ गते तिम्सिनाको संयोजकत्वमा बजेट निर्माण कार्यदल गठन गरेको हो । सरोकारवाला सबै क्षेत्रका विज्ञहरूसँग छलफल गरी निर्माण गरिएको कार्यदलका संयोजक राखेप उपाध्यक्ष तिम्सिनाले जानकारी दिए ।

प्रकाशित : असार २, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?