चिलीले सजिलै हरायो जापानलाई 

एजेन्सी

रियो जे जेनेरियो — दुई पल्टको डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिका २०१९ मा शानदार सुरुआत लिएको छ । उसले समूह सी को खेलमा पाहुना टिम जापानलाई ४–० पराजित गरेको छ । 

पछिल्लो विश्वकपमा छनोट हुन असफल चिलीले एसियाली टिम जापानमाथि भने प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो । उसका लागि एडवार्डो भारगेसले दुई गोल गरे ।

यस्तै एरिक पुल्गर र एलेक्स सान्चेज एक एक गोल थपे ।

प्रकाशित : असार ३, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?