ट्वान्टी-२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

रासस

काठमाडौं — सिंगापुरमा आयोजना हुने आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको लागि मंगलबार प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले  २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।

सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन्। सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रूपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट सुरु हुनेछ। छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन्।

त्यसैगरी ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन्।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ।

प्रकाशित : असार ३, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो रह्यो आलियाको ७ वर्षे बलिउड यात्रा 

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री आलिया भट्टले बलिउडमा प्रवेश गरेको ७ वर्ष पुरा भएको छ । 'स्टुडेन्ट अफ द इयर'बाट बलिउडमा डेब्यु गरेकी आलिया बलिउडमा धेरै पारिश्रमिक लिने अभिनेत्री भित्र पर्छिन् । सन् २०१६ मा रिलिज भएको 'उड्दा पञ्जाब' र २०१८ को 'राज्जी'मा गरेको अभिनयले उनलाई दुईवटा उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलायो । 


छोटो समयमा नै बलिउडमा स्थापित भएकी यी अभिनेत्री फिल्म निर्देशक महेश भट्टकी छोरी हुन्। सन् २०१२ देखि बलिउडमा डेब्यू गरेकी आलिया उमेरले २६ वर्ष पुगिन्। लाखौँ समर्थक कमाएकी आलियाले बलिउडमा धेरै हिट फिल्महरू दिएकी छन्। कम उमेरमा नै धेरै सफलता हासिल गर्ने अभिनेत्रीभित्र पर्ने आलियाले तीनवटा फिल्म फेयर अवार्ड जितिसकेकी छन्। मुम्बईमा जन्मिएकी यी अभिनेत्रीले बेलायती नागरिता लिएकी छन्।

उनी सन् २०१४ देखि फोर्ब्स इन्डियाको टप १०० सेलिब्रेटीभित्र अटाउँदै आएकी छन्। सन् २०१७ मा फोर्ब्सले आलियालाई ३० वर्षमुनिका प्रभावशाली ३० सेलिब्रेटीभित्र समावेश गरेको थियो।

'राज्जी', 'कलंक' जस्ता चलचित्रमा उनले गरेको अभिनयको चौतर्फी चर्चा र सफलताले पनि आलियाको करियरलाई थप उचाइ थपेको टाइम्स अफ इन्डियाले लेखेको छ। अचेल बलिउडमा धेरै नाम आउने अभिनेत्री मध्ये आलियाको नाम आउने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सफलताको शिखरमा चुमिरहँदा आलिया भने यसमा आफू धेरै खुसी नहुने बताउँदै अझ बढी मिहिनेत जरुरी रहेको बताएकी छन्। करियरको दौरान राम्रो र नराम्रो समय हुने बारे आफू जानकार रहेको उनले बताउने गरेकी छन्।

केही समयअघि एक कार्यक्रममा उनले आफ्नो बलिउड यात्राको बारेमा उल्लेख गरेकी थिइन्। फिल्म छनौटमा आफूले केही परिवर्तन गरेको उनले बताइन्। फिल्म छनौट गर्दा समय व्यवस्थापन र त्यही अनुसारको तयारी गर्नुपर्ने हुँदा आफूले ध्यान दिने गरेको बताइन्। यो वर्ष मात्रै आलियाको दुवै चलचित्र हिट भएका छन्। उनको अभिनय रहेको 'गली ब्वाई' र 'कलंक' ले राम्रै सफलता हात पारे।

आलिया यति बेला प्रेमी रणवीर कपुरसँग 'ब्रम्हाश्त्र' चलचित्रको छायांकानमा व्यस्त छिन्। सन् २०१२ यता उनको अभिनय गरेको चलचित्रको संख्या १८ वटा पुगेको छ। सन् २०२० मा उनको अभिनय रहेको 'ब्रम्हास्त्र', 'सडक-२' र 'आरआरआर' रिलिज हुँदैछन्। आलियाले सन् १९९९ को 'संघर्ष' मा बाल कलाकारको रूपमा पनि काम गरेकी थिइन्।

-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्ः

प्रकाशित : असार ३, २०७६ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्