कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘रोल मोडल’ सन्दीप

काठमाडौँ — युवा क्रिकेटर सन्दीप लामिछाने नेपाली खेलकुदका ‘रोल मोडल’ हुन् । पछिल्लो समय नेपाली खेलकुदमा धेरै चर्चा र सफलता पाउने खेलाडी हुन् सन्दीप ।

‘रोल मोडल’ सन्दीप

दुई वर्षयता आईपीएलदेखि विश्व क्रिकेटको सबैजसो फ्रेन्चाइज लिगसँग जोडिन पुगेका सन्दीप धेरै नेपाली युवा खेलाडीका लागि आदर्श बनेका छन् । नेपाली खेलकुदबाट केही गर्न सकिन्छ भन्ने गतिलो सन्देशवाहक भएका छन् उनी ।

जति बेला सन्दीपलाई कसैले चिन्दैन थियो, त्यति बेला उनी गुमनाम थिए । त्यही बेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय क्रिकेट टिममा प्रवेश पाउन के गर्नुपर्छ ? त्यही प्रश्नले उनलाई चितवनको क्रिकेट ट्रेनिङ सेन्टरसम्म पुर्‍यायो । त्यसपछि के भयो, त्यो त अब इतिहास भइसक्यो । चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान अहिले विश्व क्रिकेटका सबै फ्रेन्चाइज लिगसम्म पुगेको छ ।

उनी यस्ता खेलाडी हुन्, जसको चर्चा नेपालमै मात्र सीमित छैन । चर्चा छ त पूरै विश्व क्रिकेटमा । वर्ष २०७५ मा उनको प्रदर्शनले उनलाई विश्व क्रिकेटकै एक उदीयमान स्टार बनाएको छ । उनलाई नेपाली मिडियाले मात्र पछ्याइरहेको छैन, क्रिकेटमा रूचि राख्न सबै देशका मिडियाका लागि सन्दीप प्रिय र चर्चा गर्न योग्य पात्र हुन् । यसै आधारमा उनी पछिल्लो दुई वर्षदेखि नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परिरहेका छन् ।

फेसबुकमा उनलाई पछ्याउनेको संख्या २ लाख ५६ हजार छ, इन्स्टाग्राममा यो संख्या १ सय ३१ हजार छ अनि टिटरमा १ सय ४९ हजारको हाराहारीमा ।

‘इन एसोसिएसन विथ एक्सन स्पोर्टस प्रिजेन्ट्स बजाज पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपल्स च्वाइसको प्रतिस्पर्धामा सन्दीपसँगै पाँच प्रत्याशी छन् ।

प्रकाशित : असार ५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?