कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी

रियो डे जेनेरियो — लियोनल मेसीको अर्जेन्टिना कोपा अमेरिकामा २०१९ मा बुधबार निराशाजनक बराबरीमा रोकिएको छ । समूह बी मा अर्जेन्टिनाले पाराग्वेसँग १–१ को बराबरी खेलेको हो । 

अर्जेन्टिना बराबरीमा रोकियो

पाराग्वेले ३७ औं मिनेटमा रिकार्डो सान्चेजको गोलले अग्रता लिएको थियो । मेसीले पेनाल्टीबाट ५७ औं मिनेटमा बराबरी गोल फर्काए । यसअघि यसै समूहको अर्को खेलमा कोलम्बियाले एसियाली च्याम्पियन कतारलाई १–० ले हरायो ।

त्यसमा डुभान जापाटाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यी नतिजापछि कोलम्बिया क्वाटरफाइनल पुग्ने निश्चित भएको छ । समूहका बाँकी सबै तीन टिमको नकआउट चरण पुग्ने सम्भावना कायम छ ।

पाराग्वे दुई अंकमा दोस्रो स्थानमा छ भने कतार र अर्जेन्टिनाको समान १ अंक छ । अब लिगको अन्तिम चरणको खेलमा अर्जेन्टिनाले कतारको सामना गर्नेछ । यस्तै अर्को खेलमा कोलम्बिया र पाराग्वे भिड्ने छन् ।

प्रकाशित : असार ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?