कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अर्जेन्टिना अन्तिम आठमा

एजेन्सी

रियो डे जेनेरियो — लउटारो मार्टिनेजले सुरुमा र सर्जियो एगुरोले अन्त्यतिर गरेको गोल मदतले अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार कतारलाई २–० ले हरायो र अन्तिम आठमा छनोट हुन सफल रह्यो ।

अर्जेन्टिना अन्तिम आठमा

यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको कोलम्बियाले पाराग्वेलाई १–० ले पराजित ग¥यो । यो नतिजाले अर्को समूहमा तेस्रो स्थानमा रहेको पेरु पनि क्वाटरफाइनल खेल्ने भएको छ ।

कोलम्बिया पछाडि समूह बी को दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले अब भेनेजुएलाको सामना गर्नेछ । प्रतियोगितामा डेब्यु गरिरहेको एसियाली पाहुना टिम कतारको भने चुनौती समाप्त भएको छ । यसै समूहको तेस्रोमा रहेको पाराग्वेको दुई अंक छ र उसको भाग्य अर्को समूह सी मा जापान र इक्वेडरबीच हुने खेलले निर्धारण गर्नेछ ।

तीनै समूहमा तेस्रो स्थानमा रहने तीन टिममध्ये दुईले अन्तिम आठको यात्रा तय गर्ने छ । जापान र इक्वेडरको खेल अगाडि नै पेरुले अगाडि खेल्ने निश्चित भएको हो ।

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले जित्नै पर्ने खेलमा म्यानचेस्टर सिटीका फरवार्ड एगुरो र मार्टिनेजमाथि विश्वास गरे । मार्टिनेजले एन्जेल डि मारियाको स्थानमा खेल्न पाएका हुन् ।

प्रकाशित : असार ९, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?