फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ — आयोजक फ्रान्स र इंग्ल्यान्डले महिला विश्वकपमा आइतबार राति क्वाटरफाइनल यात्रा तय गरेका छन् । फ्रान्सले अतिरिक्त समयको खेलपछि ब्राजिललाई २–१ ले हरायो ।

अमाडिन हेनरीले फ्रान्सका लागि १ सय ६ औं मिनेटमा निर्णायक गोल गरिन् ।


इंग्ल्यान्डले भने क्यामरुनलाई सजिलै ३–० ले हराए । त्यसमा स्टेफ हउटन, एलेना ह्वाइट र एलेक्स ग्रिनउडले गोल गरे ।

प्रकाशित : असार ९, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?