२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आर्मी र एपीएफ च्याम्पियन

राष्ट्रिय बिच भलिबल

पोखरा — राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफले जितेका छन् । सोमबार पोखराको लेकसाइडमा भएको फाइनलमा आर्मी ‘ए’ ले गण्डकी ‘बी’ लाई प्रतिस्पर्धात्मक सेटमा हरायो । 

आर्मी र एपीएफ च्याम्पियन

आर्मीका मनबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडीले गण्डकीका राजु बिक र अर्जुन दर्लामी मगरलाई पराजित गर्दै उपाधि जित्यो । पहिलो सेट आर्मीले २१–१६ ले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले दोस्रो सेट २१–१८ ले जित्दै खेल बराबरी बनायो । तर अन्तिम तथा निर्णायक सेट आर्मीले १८–१६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।


महिलातर्फ एपीएफ ‘ए’ का विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले फाइनलमा पुलिस ‘ए’ का नीता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३, २१–१३ को सोझो सेटमा हरायो । महिलामा बिनिता बुढाथोकी र पुरुषमा दिलकुमार सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैतर्फका विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्ट खेलाडीले समान ३ हजार रुपैयाँ पाए ।


छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका टिमका ६–६ खेलाडी नेपालमा हुने १३ औं साग र माल्दिभ्समा हुने एसियन सेन्ट्रल जोन बिच भलिबलका लागि छनोटमा परेका छन् । उनीहरूको बन्द प्रशिक्षणपछि अन्तिम छनोटमा ४–४ खेलाडी छनोट गरिने भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए । विजेता खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कृत गरे ।


सो अवसरमा खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङ, सेनाका पश्चिम पृतनापति काजीबहादुर बस्नेत, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार नारायणप्रसाद शर्मालाई सम्मान गरिएको थियो । नेपाल भलिबल संघको आयोजना र कास्की भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयसहित महिलातर्फ १४ र पुरुषतर्फ १७ टिम सहभागी थिए ।

प्रकाशित : असार ९, २०७६ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?