कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रधानमन्त्री महिला क्रिकेटमा एपीएफ च्याम्पियन

भवानी भट्ट

(कञ्चनपुर) — चौथो प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफले बुधबार सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । एपीएफले ५ लाख र उपविजेता सुदूरपश्चिमले ३ लाख रुपैयाँ पुरस्कार पाए । एपीएफले लगातार चौथो वर्ष उपाधि जितेको हो । 

प्रधानमन्त्री महिला क्रिकेटमा एपीएफ च्याम्पियन

महेन्द्रनगरको कभर्डहल मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनमात्रै बनाउन सक्यो । वर्षाले भिजेको मैदानमा सुरुदेखि नै रन बनाउन समस्या भइरहेको थियो । एपीएफको कसिलो बलिङसामु सुदूरपश्चिमका खेलाडी दबाबमा देखिन्थे ।


सुदूरपश्चिमका लागि रुवि पोदारले २४ र कविता कुँवरले २२ रन बनाए भने अन्यले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ सीता रानामगर र करुणा भण्डारीले ३–३ तथा सोनु खडा, रेखा रावल र ममता चौधरीले १–१ विकेट लिए । ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाई पूरा गर्‍यो । इन्दु वर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्ड्येले १७ रनको योगदान गरे । सुदूरपश्चिमका जानकी भट्टले २ विकेट लिइन् । प्लेयर अफ द म्याच सीता रानामगर भइन् ।


प्रतियोगितामा वुमन अफ द सिरिज सीता रानामगर भइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार पाइन् । सीताले प्रतियोगितामा ७२ रन बनाउनुका साथै ६ विकेट लिएकी थिइन् । उत्कृष्ट ब्याट्सवुमन सुदूरपश्चिमकी कविता कुँवर र उत्कृष्ट बलर प्रदेश ३ की खुशी डंगोल भए । दुवैले समान १५ हजारबराबरको खेल सामग्री प्राप्त गरे । विजेता खेलाडीलाई खानेपानीमन्त्री बिना मगरले पुरस्कार वितरण गरिन् ।

असार ४ देखि सुरु प्रतियोगितामा सात प्रदेश र एपीएफको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता भएको हो ।


प्रकाशित : असार ११, २०७६ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?