१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेसी रेफ्रीमाथि खनिए

एएफपी

साओ पाउलो — अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो स्थानका लागि शनिबार २–१ ले जित हात पारेको खेलमा कठोर तवरले रातो कार्ड दिइएपछि लियोनल मेसी भ्रष्टाचार भएको आरोप लगाउनुको साथै रेफ्रीमाथि खनिएका छन् ।तनावपूर्ण र खराब खेलमा पहिलो हाफ सकिन आठ मिनेट बाँकी छँदा पाँचपल्टका बेलन डि’अर विजेता मेसी र चिलीका कप्तान गेरी मेडेललाई रातो कार्ड दिइएको थियो । गोल लाइननजिक भएको सो घटनामा टेलिभिजन रिप्लेमा मेसीले कम गल्ती गरेको देखिएको थियो ।

मेसी रेफ्रीमाथि खनिए

‘फुटबलमा रमाइरहेका मानिसहरूले भ्रष्टाचार र रेफ्रीलाई जोगाइरहेका छन् र यसैले बिगारिरहेको छ,’ विश्व फुटबलका स्टारले भने । सेमिफाइनलमा ब्राजिलविरुद्ध २–० ले हारेको खेलबाटै मेसी रेफ्रीप्रति रिसाएका थिए । त्यसमा उनले दक्षिण अमेरिकी फुटबल महासंघले आयोजक ब्राजिललाई सहयोग गरेको दाबी गरेका थिए ।


शनिबारको खेल दुई रातो कार्ड र त्यसले सिर्जना गरेको तनावलाई लिएर सम्झिइनेछ । मेसीले सेन्टरब्याक मेडेललाई बल सञ्चालनमा नरहेको अवस्थामा निराशा देखाएका थिए । त्यसबाट रिसाएका मेडेलले मेसीको छातीमा दुईपल्ट प्रतिक्रिया जनाए । त्यस घटनामा सम्भवतः चिलीका खेलाडीलाई पहेंलो कार्डभन्दा बढी दिन योग्य थिएन । तर, पाराग्वेका रेफ्री मारियो डियाज डे भिभारले दुवै कप्तानलाई रातो कार्ड देखाए ।


‘मेडेलले सधैं सीमा नाघ्छ तर त्यो हामी कसैका लागि पनि रातो कार्ड थिएन । उनले (रफ्री) ले भारको सल्लाह लिनुपर्थ्यो,’ मेसीले भने । मेसी र उनको टिमले ब्राजिलविरुद्ध अर्जेन्टिना सेमिफाइनलमा पराजित हुँदा पनि भारलाई विषय बनाएका थिए । इक्वेडरका रेफ्री रोडी जाम्ब्रानोले भिडियो असिस्टेन्टसँग सल्लाह लिन अस्वीकार गर्दा दुईपल्ट पेनाल्टीको अवसर गुमाएको थियो ।


‘ब्राजिल आयोजक हो र उसले अचेल दक्षिण अमेरिकी फुटबल महासंघमा धेरै कुराको व्यवस्थापन गरिरहेको छ । त्यसले यसलाई कठिन बनाएको छ,’ मेसीले रेफ्रीको आलोचना गरेका थिए । त्यो के थियो भने उनले त्यसको मूल्य यस खेल (चिलीविरुद्ध) चुकाउनुपरेको जस्तै भयो ।


‘रातो कार्ड बढी नै भयो मैले भनेजस्तो । मेरा शब्दहरू प्रतिक्रिया हुन् । सधैं गम्भीर हुनुपर्छ,’ चिलीविरुद्ध जित हात पारेपछि उनले भने, ‘खेल सुरु हुनुअघि मैले उनी (रेफ्री) सँग कुरा गर्न चाहेको भनेको थिएँ र शान्त खेलको आशा पनि व्यक्त गरेको थिएँ । पहिलो घटनाले मलाई बाहिरै पठाइयो ।’


रातो कार्डमा अझै बढी रिसाएका मेडेलसँग थप तर्क हुन सक्छन् । दुवै टिमका खेलाडीले एक–अर्का र रेफ्रीलाई घेरा हालेका थिए । रेफ्रीले त्यस बेला पूरा नियन्त्रण गुमाएका थिए । यसले शान्त हुनलाई पूरा पाँच मिनेट लिएको थियो ।

मेसीको आयोजनामा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिलको लक्ष्यबारे पनि बोले, ‘ब्राजिल च्याम्पियन हुनेमा मलाई कुनै शंका छैन । कोपा ब्राजिलतिर ढल्किएको छ । भार र रेफ्रीले फाइनलमा केही नहेर्नेमा आशावादी छु । पेरुले प्रतिस्पर्धा गर्नेछ किनभने ऊसँग देखाउनलाई टिम छ । मेरा लागि यो गाह्रो देख्छु ।’


साओ पाउलोमा हात पारेको जितमा अर्जेन्टिनाका लागि पहिलो हाफमै सर्जियो एगुइरो र पाउलो डिबालाले गोल गरे । पहिलो गोलको अवसर मेसीले सिर्जना गरेका थिए । रातो कार्डको घटनापछि चिली आक्रामक देखिएको थियो । लो सेल्सोले चार्ल्स आरांग्वेजलाई लडाएपछि पाएको पेनाल्टीमा अर्तुरो भिदालले ५९ औं मिनेटमा गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

प्रकाशित : असार २३, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?