२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नारायण जनता फेरि च्याम्पियन

सर्लाही — जिल्लास्तरीय क्वीक्स कप अन्तरस्कुल छात्रछात्रा फुटबल प्रतियोगिताको उपाधि नारायण जनता माविले जितेको छ । डिफेन्डिङ च्याम्पियन नारायण माविले सर्लाही एम्बिसन एकेडेमीलाई ५–० गोलले पराजित उपाधि रक्षा गरेको हो ।

सोमबार लालबन्दी मैदानमा भएको फाइनलमा नारायण जनताको तर्फबाट रवि वाइबा र सुसन श्रेष्ठले २–२ गोल र निश्चल थोकरले एक गोल गरे । तेस्रो मिनेटमै एम्बिसनका मुख्य डिफेन्डर आर्यन गोलेले रातो कार्ड खाएपछि टोली दबावमा परेको थियो ।


विपक्षी खेलाडीले पोस्टमा प्रहार गरेको बल हातले समातेर छेकेपछि रेफ्रीले आर्यनलाई रातो कार्ड दिएका थिए । १० खेलाडीमा समेटिएको एम्बिसन सम्हालिन सकेन ।


विजेताले प्रदेशस्तरीय क्वीक्स कपमा भाग लिने आयोजक सर्लाही जिल्ला फुटबल संघका महासचिव उज्वल कार्कीले बताए ।

प्रकाशित : असार २५, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?