२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हालेप फाइनलमा

एएफपी

लन्डन — सिमोना हालेप विम्बल्डन ओपनको फाइनलमा पुग्ने पहिलो रोमानियन महिला बनेकी छन् । उनी युक्रेनी एलिना स्भितालिनालाई ६–१, ६–३ ले हराएर बिहीबार विम्बल्डनको फाइनल पुगेकी हुन् ।

हालेप फाइनलमा

२७ वर्षीया उनी सातौं वरीयताकी खेलाडी हुन् । फ्रेन्च ओपन २०१८ को उपाधि जितेकी उनले ग्रान्ड स्लाममा पाँचौंपल्ट फाइनल खेल्नेछिन् । उनले सातपल्टकी च्याम्पियन सेरेना विलियम्ससँग फाइनल खेल्नेछिन् । सेरेनाले चेक गणतन्त्रकी वरीयताविहीन बारबोरा स्ट्रिकोभालाई ६–१, ६–२ ले सहजै हराइन् ।


११ औंपल्ट विम्बल्डन फाइनल पुगेकी भेट्रान सेरेनाले उपाधि जिते मार्गरेट कोर्टको कीर्तिमान २४ ग्रान्ड स्लाम उपाधि बराबरी गर्ने छन् । फाइनल प्रतिद्वन्द्वी हालेपविरुद्ध सेरेना ९–१ ले अगाडि छिन् ।


रोजर फेडेरर (दायाा) र राफेल नाडल ।

तस्बिर ः एपी


प्रकाशित : असार २७, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?