जुम्ला–रारा म्याराथन भदौमा

जुम्ला — कर्णालीमा खेलकुद पर्यटन प्रवर्द्धनका लागि दोस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन भदौ २९ मा आयोजना गरिने भएको छ  । प्रतियोगिताका लागि आइतबार प्रचारमूलक दौड आयोजना गरिँदै छ  ।

आयोजक कर्णाली स्पोर्टस क्लबका अनुसार धेरै खेलाडीको सहभागिताका लागि म्याराथनको एक महिनाअघि जुम्लादेखि रारासम्म ४९ किलोमिटर दौड गरिने क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

पर्यटन वर्षलाई समेत टेवा पुर्‍याउने गरी प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ । ‘अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता हुने अपेक्षा छ,’ उनले भने, ‘म्याराथनमा ५ सय बढी खेलाडीलाई सहभागी गराउने योजना छ ।’ उनका अनुसार प्रचार दौडमा जिल्लाभित्र र बाहिरका ३० खेलाडी दौड्ने छन् ।


कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रलाई विश्वमा पहिचान गराउन र खेल पर्यटन प्रवर्द्धन गर्न गत वर्षदेखि अल्ट्रा म्याराथनको आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा गत वर्ष राष्ट्रिय तथा स्थानीय गरी ३ सय २० खेलाडी सहभागी थिए । जसमध्ये ७२ जनाले म्याराथन पूरा गरेको क्लबले जनाएको छ ।


जुम्ला सदरमुकामको चन्दननाथ मन्दिरबाट सुरु गरिने ४९ किलोमिटर दौडमा विजेता १० घण्टामा ‘मिट प्वाइन्ट’ मा पुगिसक्नुपर्ने क्लबले जनाएको छ । म्याराथनको रुट जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाइ हुँदै डाँफेलेक, न्याउरी, चौथा, चुचेमारा, मिलीचौर हुँदै मुगुको हुटुलेक भएर राराताल तोकिएको छ ।

प्रकाशित : असार २८, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?