१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रसिदलाई अफगानको जिम्मेवारी

एएफपी

काबुल — विश्वकपमा निकै निराशाजनक प्रदर्शन गरेका ट्वान्टी–२० का सनसनीपूर्ण खेलाडी लेग स्पिनर रसिद खानलाई अफगान क्रिकेट बोर्ड (एसीबी) ले शुक्रबार सबै फर्म्याटको कप्तान बनाएको छ  । एसीबीले टिटरमार्फत अरु पूर्ण जानकारी नदिए पनि अस्घर अफगानलाई उपकप्तान बनाएको जनाएको छ  ।

अफगानिस्तानबाट सानदार प्रदर्शन गर्दै अएका उनलाई विश्वकप क्रिकेटको एक महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएको थियो । विश्वका ग्लोबल फ्रेन्चाइजी क्रिकेटमा पनि उच्च प्रदर्शन गर्दै आएका रसिदले विश्वकपमा भने निकै कमजोर खेल देखाए । उनले ९ खेलमा ६ विकेटमात्र लिन सके, जसका कारण अफगानिस्तानले ९ खेलमा एउटमा पनि जित हात पार्न सकेन ।


विश्वकपमा अफगानिस्तानको कप्तानी गरेका गुलबदिन नैबले वेस्ट इन्डिजसँगको खेलमा हारपछि आफ्ना प्रमुख स्पिनरको बचाउ गर्दै भनेका थिए, ‘उनले शतप्रतिशत दिएकै हुन् ।’ ट्वान्टी–२० वरीयतामा विश्व नम्बर एक २० वर्षे रशिद ४४ खेलमा सबैभन्दा चाँडो १ सय एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने खेलाडी पनि हुन् ।


युद्धग्रस्त अफगानिस्तानको क्रिकेटयात्रा आधुनिक खेलकुदका लागि परीको कथाजस्तै छ । छिमेकी पाकिस्तानको शरणार्थी क्याम्पमा हुर्केका खेलाडी बाहुल्य रहेको अफगानिस्तानको क्रिकेटलाई यो स्थितिमा ल्याएका छन् । तर दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानका लागि यस पटकको यात्रा पनि अनुभवमात्र रह्यो । उनीहरूको ब्याटिङ क्षमता र स्तरीय सिम बलिङमा प्रश्न उठेको थियो ।


तीन महिनाअघि अर्थात विश्वकप सुरु हुनु एक महिनाअगाडि अफगानिस्तानको कप्तानमा पूरै फेरबदल गरिएको थियो । त्यसअनुसार रहमत शाहलाई टेस्ट कप्तान बनाइएको थियो । शाह कुनै टेस्टमा कप्तानी नगरी बर्खास्तगीमा परेका छन् । रसिदले टेस्टमा पनि अफगानिस्तानको नेतृत्व गर्नेछन् ।

प्रकाशित : असार २८, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?