कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्रिजमन बार्सिलोनामा

एएफपी

बार्सिलोना — स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट १२ करोड युरोमा विश्वकप विजेता एन्टोइन ग्रिजमनलाई शुक्रबार भित्र्याएको छ  । ‘यी खेलाडीले आफ्नो नयाँ क्लबसँग पाँच सिजनका लागि सम्झौता गरेका छन्  ।

ग्रिजमन बार्सिलोनामा

बार्सिलोना – स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट १२ करोड युरोमा विश्वकप विजेता एन्टोइन ग्रिजमनलाई शुक्रबार भित्र्याएको छ ।‘यी खेलाडीले आफ्नो नयाँ क्लबसँग पाँच सिजनका लागि सम्झौता गरेका छन् । सम्झौता जुन ३०, २०२४ सम्म रहनेछ र क्लब छाड्नका लागि ८० करोड युरो तोकिएको छ,’ बार्सिलोनाले विज्ञप्तिमार्फत् भनेको छ ।लामो समयदेखि क्याटलन महारथी जाने लक्ष्य बनाएका ग्रिजमन र दुई क्लबबीचको द्वन्द्व शुक्रबारको घोषणाले अन्त्य गरिदियो । वान्डा महानगरमा मेमा क्लब छाड्ने घोषणा गरेका २८ वर्षीय ग्रिजमन आइतबार आफ्नो टिमको प्रि–सिजन भेलामा उपस्थित हुन सकेनन् । उनको फुकुवा गर्ने गत महिना मूल्य २० करोडबाट १२ करोड युरोमा झार्दासम्म पनि उनको गन्तव्यबारे टुंगो थिएन ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले रियल सोसिडाडका पूर्व फरवार्डबारे दुई क्लबको वार्ता भएको सार्वजनिक गरेपछि गत साता एट्लेटिकोले सम्मान गर्न नसकेको आरोप लगाएको थियो । एट्लेटिकोले बार्सिलोनासँगको सहमति मार्चमा स्थगित गरिएको ग्रिजमनले बताएको दाबी पनि गरेको थियो, जुन च्याम्पियन्स लिग अन्तिम १६ मा युभेन्ट्सविरुद्ध दोस्रो लेगको अघिल्लो दिन थियो । पहिलो लेगमा २–० को अग्रता लिएर पनि म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले एट्लेटिको च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
ग्रिजमन सन् २०१४ मा एट्लेटिको पुगेका थिए । युरोपा लिग २०१८ जितेका उनले त्यहाँ २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए । घरेलु भूमिमा फ्रान्सलाई फाइनलमा पोर्चुगलले पराजित गर्दा उनले युरो २०१६ को गोल्डेन बुट हात पारेका थिए । त्यसपछि उनले गत वर्ष रुसमा फ्रान्सलाई विश्वकप विजेता बनाउन सहयोग गरेका थिए ।
एट्लेटिकोले उदीयमान स्टार जाओ फेलिक्सलाई गत साता बेन्फिकाबाट अनुबन्ध गरेपछि ग्रिजमनलाई बेचेको हो । १९ वर्षीय फेलिक्स इतिहासमै पाँचौ महँगा फुटबलर बने । राजधानीको क्लबले कीर्तिमान मूल्य लगाएको हो भने पोर्चुगिज टिमले सबैभन्दा बढी मूल्य पाएको हो । त्यसले पनि आर्थिक रूपमा ग्रिजमनलाई बिक्री गर्ने बाटो निम्त्याएको हो । फेलिक्स गत सिजन चर्चामा आएका थिए, जति बेला उनले २० गोल गर्दै थप ११ गोलको अवसर सिर्जना गरेका थिए । बेन्फिकाले प्रिमेरा लिगको उपाधि जित्यो र युरोपा लिगको क्वाटरफाइनल यात्रा पनि गरेको थियो ।एट्लेटिकोले शुक्रबार बेन्फिकामा फेलिक्सका पूर्व सहकर्मी २० वर्षीय इभान सापोन्जिकलाई तीनवर्षे सम्झौता गर्दै स्पेन ल्याएको घोषणा पनि गर्‍यो ।

प्रकाशित : असार २८, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?