कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सैनिक युथलाई मुख्यमन्त्री कपको उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि झापाको सैनिक युथ क्लबले उचालेको छ । धरानमा रंगशालामा मङ्गलवार सम्पन्न मोरङको बेलबारी फुटबल क्लब विरुद्ध २–१ गोल गर्दै सैनिक युथ प्रदेश लिग च्याम्पियन बनेको हो । उपाधिसँगै सैनिकले नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्‍यो । लिग उपविजेतामा चित्त बुझाएको बेलबारीले नगद ३ लाख रुपैयाँ हात पार्‍यो । 

सैनिक युथलाई मुख्यमन्त्री कपको उपाधि

सैनिक युथलाई प्रदेश लिग च्याम्पियन बनाउन खेल सुरु भएको पहिलो मिनेटमा रेजिन माझी र खेलको ८७ औँ मिनेटमा विकेस सुब्बाले गोल गरेका थिए । बेलबारीका सौरभ कार्कीले खेलको ५२ औँ मिनेटमा पाएको कर्नर प्रहारलाई सान्त्वना गोल गरेका थिए ।


लिगको फाइनल चरणमा सैनिक युथले खोटाङलाई ६–३ गोल र उपाधिको दाबेदार मानिएको धरान फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । उता समूह एबाट विजेता बनेर फाइनलमा पुगेको बेलबारीले धनकुटाको बौद्धिक विकास समितिलाई ६–१ गोल र धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।


प्रतियोगितामा बेलबारीका भूषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । खेलका म्यान अफ द म्याच बेलबारीका शौरभ कार्की भए । उनले नगद १० हजार हात पारे ।


सैनिकका मनोज प्रधान र विमन प्रसाद राई क्रमशः उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्स घोषित भए । धरान फुटबल क्लबका उमेश राई उत्कृष्ट मिडफिल्डर,सैनिकका विकेश लिम्बू उत्कृष्ट स्ट्राइकर, सैनिक युथका प्रवेश कट्वाल उत्कृष्ट कोच घोषित भए । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : असार ३१, २०७६ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?